तनहुँ, मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ ।निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ । । यो सडक बजार क्षेत्रमा छ र ग्रामीण भेगमा चार ‘लेन’मा विस्तार भएको छ ।आगामी पाँच वर्षसम्म सडकको मर्मत सम्भार निर्मातामा कम्पनीले गर्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो । एसियाली विकास बैंकबाट रु छ अर्ब ३१ करोड ऋण लिएर यो सडक विस्तार गरिएको हो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































