बागमती, हावाहुरीका कारण टावर भाँचिएपछि हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण बन्द भएको छ ।गए राति चलेको तीव्र गतिको हावाहुरीले एफएमको १२० मिटर अग्लो टावरबीच भागमा भाँचिएपछि एफएमको प्रसारण बन्द भएको एफएमका अध्यक्ष उज्जवल चौलागाईले बताउनुभयो । प्रसारण एन्टेनासहितको सो टावर भाँचिएर करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको अध्यक्ष चौलागाईले बताउनुभयो । भाँचिएको टावर मर्मत गरेर पुनः रेडियो सञ्चालनमा ल्याइने अध्यक्ष चौलागाईको भनाइ छ ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































