आलेखः जब ‘आइम्याक्स’मा देखाइयो ‘गोर्खा वारियर’

काठमाडौँ,  आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो । साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर यसको विशेषता हुन् । विशेषतः ‘आइम्याक्स’कै लागि छायाङ्कन गरी तयार गरिएको चलचित्र यस्तो प्रविधि भएको हलमा हेर्दा पर्दामा देखिने दृश्य अझ जीवन्त, विस्तृत र वास्तविक जस्तै अनुभव हुने दर्शकको भनाइ छ ।

 

विश्वभर लोकप्रिय मानिने ‘आइम्याक्स’ प्रविधि भएको चलचित्र भवन नेपालमा भने छैन ।चलचित्र भवन नभएकै कारण ‘आइम्याक्स’ प्रविधिमा नेपाली चलचित्र प्रदर्शन हुने कुरा कल्पनाभन्दा परको सपना जस्तै हो । तर करिब दुई वर्षअघि २०८० भदौको अन्तिम साता नेपाली चलचित्र बेलायतको लन्डनस्थित लेस्टर स्क्वायरमा रहेको ‘आइम्याक्स सिने वल्र्ड’ मा देखाइयो । बेलायतमा आफ्नो छुट्टै प्रभाव छाड्न सफल गोर्खा सैनिकको कथामा तयार गरिएको ‘गोर्खा वारियर’ पहिलोपटक ‘आइम्याक्स’ प्रविधिमा प्रदर्शन हुने नेपाली चलचित्र बन्यो ।

 

पूर्वगोर्खा सैनिक रहिसक्नुभएका निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाइएको छ । भारतीय चलचित्रले समेत ‘वल्र्ड प्रिमियर’ को अनुमति पाउन सङ्घर्ष गर्नुपर्ने लेस्टर स्क्वायरको ‘आइम्याक्स’ मा नेपाली चलचित्र प्रदर्शन हुनु नेपालका लागि गौरवको विषय भएता पनि यसका लागि निकै समय लागेको थियो । निर्देशक चाम्सले विदेशी चलचित्रको ‘प्रिमियर’ हुँदा नेपाली चलचित्रलाई त्यहाँ प्रदर्शन गर्ने र नेपाली कलाकर्मीलाई त्यहाँ ‘रेड कार्पेट’ मा हिँडाउने सपना देख्ने गरेको बताउनुभयो ।

 

“विदेशी कलाकार र उनीहरुले अभिनय गरेको चलचित्रको तामझाम हेर्दा एक दिन म आफैँ यहाँ नेपाली चलचित्र ल्याउँछु भन्ने लाग्थ्यो । त्यसका लागि मैले चलचित्र निर्देशन गरेदेखि नै प्रयास नगरेको होइन तर ‘आइम्याक्स’ प्रविधि रहेको चलचित्र भवनको आफ्नै नीतिनियम हुन्छ । सोही कारणले सुरुआती दिनमा आफ्ना चलचित्रलाई त्यहाँ प्रदर्शन गर्न सकिन”, उहाँले भन्नुभयो ।

 

 

‘गोर्खा वारियर’ अगाडि निर्देशक चाम्स आफैँले निर्देशन गर्नुभएको अन्य नेपाली चलचित्र ‘प्रिमियर’ गर्न गरिएको प्रस्तावलाई ‘आइम्याक्स सिने वल्र्ड’ ले अस्वीकार गरिरहेको थियो । उनीहरूले विषयवस्तु, भाषागत क्षमता, प्राविधिक सहजता लगायतका विविध पाटोलाई हेर्ने गर्थे । निर्देशक चाम्स आफैँले पनि यी तथ्यलाई धेरैपछि बुझ्नुभयो ।

 

 

“लन्डनमा रहेको आइम्याक्समा प्रिमियर गर्न पैसा भएर मात्र हुँदैन । उनीहरूले कुन भाषा, स्टार वा कम्पनीको चलचित्रलाई ‘प्रिमियर’ ग¥यो भन्ने हुन्छ । सम्भवतः म आफैँ पनि अन्य चलचित्र त्यहाँ प्रदर्शनी गर्न सक्दिन । त्यहाँ खर्चालु मात्र नभएर धेरै कुरा मिलाउनुपर्ने हुन्छ । मैले ‘गोर्खा वारियर’ को प्रिमियर गर्न पाउनाका कारण गोर्खालीप्रति बेलायतीको सम्मान र हाम्रो वीरताको गाथा नै हो”, निर्देशक चाम्सले भन्नुभयो ।

 

पटकपटकको प्रयासमा असफल हुनुभएका निर्देशक चाम्सले ‘गोर्खा वारियर’ चलचित्र ‘आइम्याक्स’ प्रविधिमा ‘प्रिमियर’ गर्न एक वर्षको समय नै छुट्याएर तयारी गर्नुभयो । चलचित्र भवनलाई गोर्खा सैनिकको वीरताको कथामा बनेको चलचित्र प्रिमियर गर्ने भनेर चिठी लेख्नुभयो । बेलायतमा नेपाली र गोर्खा सैनिकलाई गर्ने सम्मानका कारण चलचित्र भवनले एउटा समय दियो । उक्त समयका लागि आर्थिकसँगै त्यहाँ मिलाउनुपर्ने प्राविधिक पक्षहरूले कैयौँ रात निर्देशक चाम्सलाई निदाउन दिएनन् । फलतः एक दशकको एउटा सपनाले मूर्तरुप पायो ।

 

 

“गोर्खा सैनिकको कथा नभएको भए संवत ‘प्रिमियर’ गर्ने अनुमति पाउने थिएनौँ । त्यसपछि त्यहाँ ‘रेड कार्पेट’ गरिने स्थानमा रहेका पसलहरूसँग सहमति लिनुपर्छ । त्यहाँ आउने विशिष्ट अतिथिका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनु पर्छ । सबैभन्दा महत्वपूर्ण हामीले हाम्रो प्रविधिमा तयार गरेको चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गर्नुपर्छ । यी सब सपनालाई मूर्तरुप दिन धेरै रात अनिदो बसेर काम गरेको छु”, निर्देशक चाम्सले भन्नुभयो ।

 

 

नेपाली चलचित्र लेस्टर स्क्वायरमा ‘प्रिमियर’ हुने खबरले लन्डनमा निकै चर्चा पाएको थियो । लेस्टर स्क्वायर त्यसै पनि विभिन्न चलचित्र भवन, नाटक मञ्चन गरिने रङ्गमञ्चलगायतका लागि प्रसिद्ध छ । त्यहाँ हरेक कोणमा चलचित्र र कला देखिन्छ । लन्डन मात्र नभई इङ्ग्ल्यान्डकै ‘सिनेमा हब’ का रुपमा परिचित उक्त स्थानमा भएको नेपाली चलचित्रको गतिविधिले बजार विस्तारको सम्भावनालाई पनि सघाएको थियो । त्यहाँ आइपुग्ने चलचित्र पारखीले नेपाली चलचित्रको प्रदर्शनी हुँदैछ भन्दा निकै चासोपूर्वक बुझ्न खोज्थे ।

 

“मैले २० वर्षअघि देखेको यो सपना पूरा गरेँ । त्यसको प्रभाव नेपालमा के कस्तो प¥यो त्यो भन्न सक्दिन तर नेपाली चलचित्र अत्याधुनिक प्रविधिसँगै बेलायतको मुख्य स्थानमा प्रदर्शन भयो, जहाँ विश्वका प्रसिद्ध निर्देशकका चलचित्र प्रदर्शन हुन्छन् । यसले कालान्तरमा सम्पूर्ण नेपाली चलचित्रलाई टेवा पु¥याउने छ”, निर्देशक चाम्सले भन्नुभयो । ‘आइम्याक्स सिने वल्र्ड’ मा प्रदर्शनी गर्ने तय भएपछि निश्चित शुल्क लिएर चलचित्र भवनले नै ‘गोर्खा वारियर’ लाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गरेको निर्देशक चाम्सले जानकारी दिनुभयो ।

 

 

लन्डनमा उक्त प्रदर्शनीको चर्चा अझै हुने गर्छ । त्यहाँ आठ सयको हाराहारीमा दर्शकले चलचित्र हेरका थिए । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा हेर्नुको अनुभव छुट्टै रहेको भनाइ उक्त प्रदर्शनीमा सहभागी हुनुभएका नेपालका सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले बताउनुभयो ।

 

 

उहाँले भन्नुभयो, “त्यो क्षणलाई शब्दमा व्यक्त गर्नै सकिँदैन । चलचित्र हेराइको अत्याधुनिक अनुभव हो, ‘आइम्याक्स’ । त्यहाँ नेपाली चलचित्र पहिलोपटक प्रदर्शन हुँदै थियो । त्यहाँ नेपालीसँगै बेलायती र अन्य देशका नागरिक पनि सहभागी थिए किनकि उनीहरू बेलायतको रक्षार्थ आफ्नो ज्यानको प्रभाव नगरेका वीर गोर्खा सैनिकको कथालाई हेर्न उत्साहित थिए । त्यो समय स्मरण गर्दा पनि आनन्द आउँछ ।”

 

नेपाल र नेपालीको शान बढाउने अर्को नेपाली चलचित्र ‘आइम्याक्स’ मा आगामी समयमा कहिले होला ? यसको जवाफ भने कसैसँग छैन । किनकी आर्थिक पाटोसँगै अन्य विविध पक्ष नमिलेसम्म त्यहाँ अर्को चलचित्र प्रदर्शन गर्न कठिन छ । निर्देशक चाम्स आफैँ पूर्वगोर्खा सैनिक भएका कारण व्यावसायिक पाटोलाई ध्यान नदिई एउटा सपना पूरा गर्न अहोरात्र मिहेनत गर्नुभयो । उहाँले चलचित्र तयार गरेर त्यहाँ प्रदर्शन गर्न झण्डै एक दशकको समय लागेको बताउनुभयो ।

 

 

“म आफैँ पूर्वसैनिक भएकाले हाम्रो वीरताको कथालाई विश्वभर देखाउने एउटा सपना थियो । त्यो पूरा गरेँ, त्यसक्रममा मैले गरेको सङ्घर्षलाई ‘आइम्याक्स’ मा प्रदर्शन भएको दिन भुलायो । एउटा इतिहास बनेको छ, हामी गोर्खालीको वीरता त्यहाँ विश्वभरका चलचित्रकर्मीले हेरेका छन् । यसले आउँदा दिनमा नेपाली चलचित्रलाई पक्कै सघाउनेछ”, निर्देशक चाम्सले भन्नुभयो ।

 

उक्त चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ । २०८० साल फागुनमा नेपालमा समेत प्रदर्शन भएको उक्त चलचित्रमा वास्तविक झैँ लाग्ने युद्धका दृश्य देखाइएको भन्दै प्रशंसा भएको थियो ।

 

 

नेपालमा पछिल्लो समयमा नेपाली चलचित्रले प्राविधिक रूपमा ठूलो फड्को मारेका छन् । नेपाली कथा र फिल्म विश्वका प्रतिष्ठित चलचित्र महोत्सवसम्म पुग्न थालेका छन् । तर ‘आइम्याक्स’ प्रविधि भने नेपालमा कहिले भित्रिन्छ भन्ने प्रश्नको स्पष्ट उत्तर स्वयं चलचित्र प्रदर्शकसँग पनि छैन किनकि उक्त प्रविधि जडान गरी हल सञ्चालन गर्न अत्यन्तै खर्चिलो मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । आज बिहान १०ः०० बजे सम्म ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ ।     समानुपातिकमा नेपाली कांग्रेसले ११ हजार ४५६, नेपाल कम्युनिष्ट पार्टी...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९