राजस्व छलिमा बर्दिबास नगरपालिका

महोत्तरी।अहिले बर्दिवास नगरपालिकाको रातु नदी र चुरे क्षेत्रमा अनुचित र अवैधानिक दोहन भएको भन्दै जनस्तरमा चर्को विरोध भईरहेको छ ।रेल्वे स्टेसनको निर्माणधिंन कार्यलाई देखाएर नगरपालिकाले नदिजन्य पदार्थ तथा माटो उत्त्खननलाई तीव्रता दिइरहेको वेला यसभित्रका मापदण्ड र राजश्व छलीमा जनप्रतिनिधिहरु कै सग्लनता हो की भन्ने आशंकाहरु समेत सिर्जना भएका छन् ।यसलाई पुष्टि गर्नेगरी कयौँ जेसिभी र टिपरहरु समेत प्रहरीको नियन्त्रणमा छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार पछिल्लो २ दिनभित्र १० वटा टिपर र एउटा जेसिभीलाई नियन्त्रणमा लिइएको छ ।स्थानीय बासिन्दाका अनुसार समेत रातभरी नदिजन्य पदार्थ ओसारपसार हुने गर्दछ । बर्दिवास–४ का शिक्षक तथा स्थानीय निश्ल प्रदिप राति १० बजेसम्म टिपर र जेसिभीको आवाजले निन्द्रामा नै खलखल पुगेको बताउँछन ।खोलामा समेत अवैध उत्त्खनन भईरहेको स्थानीयहरुले गुनासो गरिरहँदा पनि नियमन निकाय नगरपालिकाको मौनताले राजश्व छलीमा कतै नगरको नै मिलोमतो त हैन भन्ने बाक्लै त्रासहरु सिर्जना भएका हुन् ।

अनुगमन समितिको पनि आशंका

यसअघि भएको भएको उत्त्खननमा समेत स्टक प्रमाणीकरण नगरी उत्त्खननस्थलवाट सिधा निर्माणस्थलमा लगिएको थियो । जहाँ कति परिणाममा नदिजन्य पदार्थ निकालियो भन्ने एकिन हुन नसकेपछी जिल्ला अनुगमन समितिले प्रश्न चिन्ह समेत खडा गर्र्यो । जसको परिणामस्वरूप अहिले उत्त्खनन प्रक्रिया अस्थायीरुपमा बन्द भएको छ ।`यसो हुदा राजश्व छली हुने र कति परिमाणमा निकालियो भन्ने एकिन गर्न नसक्दा मनपरी उत्त्खनन हुने देखिन्छ,´ प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले भने ।बढी उत्त्खनन नहोस् भनेर समय र घनमिटर समेत निर्धारण गरिएको हुन्छ तर एउटा जेसिविको सट्टा ६ वटासम्म जेसिवी प्रयोग हुनु, दैनिक २९६ घनमिटर उत्त्खनन हुनुपर्ने ठाउँमा हजारौ घनमिटर उत्त्खनन हुनु राजश्व छलीको महत्वपूर्ण प्रमाण भएको जानकारहरु अनुगमन समितिको ठहर छ ।जिल्ला समन्वय समतिका सभापति तथा अनुगमन समितिका संयोजक सुमनलाल कर्ण राजस्व छलीमा आशंका गर्न सकिने प्रशस्त आधारहरु रहेको बताउँछन् ।स्थानीयहरुको समेत आसंका

स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ता फाल्गुन सुसलिङ्ग मगर यति धेरै बेथितिहरू बग्रेल्ती देखिदा पनि नगरपालिकाको मौनताले भित्री साठगाँठ नै रहेको पुष्टि गर्ने जिकिर गर्छन्यसमा स्थानीय प्रहरी समेत दोषी भएको मगरको आरोप छ । जिल्लाबाट प्रहरीले केही सक्रियता देखाए पनि इलाका प्रहरी कार्यालय बर्दिबास निदाइरहेको स्थानीयहरू बताउँछन् । बर्दिवास–९ का पूर्व शिक्षक चेतनारायण महतो स्थानीय सरकारका जनप्रतिनिधिहरु सबै खोला उत्त्खननमा साठगाँठ गरेर पैसा कमाउने अभियानमा लागेको आरोप लगाउछन् । ’

जिल्लाको दक्षिणी पालिकाहरुको पनि ध्यानाकर्षण

रातु नदी महोत्तरीको नै पानीको स्रोत मानिन्छ । नदी क्षेत्रमा मापदण्डविपरीत पर्यावरणलाई नै प्रतिकुल असर बनाउनेगरी उत्त्खनन भएको अनुगमन समितिले समेत औँल्याएपछि जिल्लाका दक्षिण क्षेत्रका पालिकाहरुले अविलम्ब अनुचित दोहन रोक्न माग गरेका छन् । जिल्लाको मटिहानी नगरपालिकाले त एक प्रेस नोट नै जारी गरेको छ ।दक्षिणतर्फ पानीको अभाव सिर्जना हुने त्रास छ भने नगरवासीलाई भने राजश्व र नियमित बालीनालीवाट बिस्थापित हुनुपर्ने हो की भन्ने चिन्ता छ । जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार पनि रातुमा भएको अनुचित उत्त्खननले जलेश्वरमा समेत गम्भीर असर परिरहेको वताउछन । `यसको मुख्य कारक उत्तरी क्षेत्रका पालिकाहरु हुन्, जस्ले अवैध उत्त्खननलाई प्रोत्साहन गरिरहेका छन्।अहिले जिल्लाको दक्षिणी क्षेत्रमा चुरे तथा नदी दोहनको प्रभाव बिस्तारै देखिएतापनी बर्दिवास नगरपालिकाका दक्षिणी क्षेत्रका किसानहरु नियमित बालीनालीवाट बिस्थापन बनेका छन् । जसले गर्दा स्थानीय युवाहरुलाई प्रदेश जान प्रोत्साहित गरेको देखिन्छ ।विज्ञहरुको अनुसार रातु महोत्तरी मात्र नभएर धनुषाको लागी समेत पानीको प्राण मानिन्छ । पर्यावरणविद डा.नागेन्द्र यादव नदी उत्त्खननमा देखिएका अवैध उत्त्खननले एकातिर राजश्व छलीको अपराध बनेको छ भने अर्कोतिर पानी सतह तल भासिँदा इनार तथा कलहरु काम नलाग्ने अवस्थामा पुगेका छन् ।आफैले बनाएका सर्तहरुको उल्लङ्घन

नगरपालिकाले उत्त्खननको क्रममा आफैले बनाएका सम्झौताका सर्तहरु समेत उल्लङ्घन गरेको पाइएको छ । अहिले रेल्वे स्टेसनलाई ६ लाख घनमिटर भन्दा बढी नदिजन्य पदार्थ जरुरी रहेको बताउँदै आएको छ । यसैलाई परिपूर्ति गर्न नगरले रातु नदीको ४ वटा खण्डवाट मात्र हैन व्यक्तिका जग्गा समेत सम्याउने बहानामा आईई गरेर निजी जग्गाबाट समेत उत्त्खनन भईरहेको छ ।सवैभन्दा महत्वपूर्ण बिषय त कहाँनीर छ भने अहिले भइरहेको निर्माणधिन रेल्वे स्टेसनको लागी  रातु नदी नै निशाना बनिरहेको छ । यसको लागि रेल्वेले नगरसगँ ३ लाख घनमिटरको लागी सम्झौता समेत गरिसकेको छ ।यसैअनुरुप ठेक्केदार कम्पनीहरुले उत्त्खननस्थलबाट सिधा निर्माणस्थलसम्म ल्याएको देखिन्छ । यही विषय नै राजश्व छलीको महत्वपूर्ण कारक बनेको छ । नियमअनुसार कुनैपनी ढुगा, गिटी, वालुवा जस्ता नदिजन्य पदार्थ उत्त्खनन गरेपछी घाटगद्दी गरेर स्टक गर्नुपर्छ अनि स्टकलाई प्रमाणिकरण गरेपछी मात्र आन्तरिक र वाहय निकासी गर्न पाईन्छ । तर नगरले यस्लाई बेवास्ता गर्दै न स्टक गरिएको छ न त प्रमाणीकरण नै ।आईई रिपोर्टले हरेक खण्डमा एउटा जेसिभी प्रयोग गर्नुपर्ने, हरेक दिन विहान ७ बजेदेखी बेलुका ६ बजेसम्म मात्र उत्त्खनन तथा घाटगद्दी गरिएको ठाउमा ओसारपसार गर्न पाइने, दैनिक २९६ घनमिटर भन्दा बढी निकाल्न नपाइने, स्टक प्रमाणिकरण गरेपछि मात्र निर्माणस्थलमा लैजान पाइने, खोलाको किनारवाट ५० मिटर दाँयाबाँया छाडनुपर्ने, ३ मिटर भन्दा बढी उत्त्खनन गर्न नपाइने जस्ता नियमहरु निर्धारण गरेको छ जुन ढुंगा, गिटी, बालुवा उत्त्खनन तथा बिक्रीवितरण ऐन २०७७ मा समेत स्पष्ट व्यवस्था गरिएको छ ।जिल्लास्तरिय अनुगमन समितिले औल्याएका त्रुटिहरु समेत यिनै थिए तर नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री भने अनुगमनलाई नै मान्न तयार छैनन् । उनी अझैपनि उत्त्खनन मापदण्डअनुसार नै भएको जिकिर गर्दै आएका छन् । आन्तरिक स्रोत बढाउने नाममा नगरले किन ठेक्केदारको नै पक्षपोषण गरिरहेको छ र राजश्व चुहावटमा लागीपरेको छ भन्ने यतिबेला आम मानिसको मुख्य कौतहुलको विषय वनेको छ ।जिल्ला अनुगमन समितिका संयोजक तथा समन्वय समितिका सभापति सुमनलाल कर्ण अनुगमनका क्रममा देखिएका त्रुटी औल्याएर नगरपालिकालाई जिम्मेवार वन्न सुझाव दिइसकेको बताउछन । ’पहिले त हामी जिम्मेवार वन्न सचेत गराउछौ अनि अटेर गरे कानुनि कारवाहीमा जान्छौं ।’ सभापति कर्णले भने । ’हाम्रो कसैप्रति आग्रह–पूर्वाग्रह छैन नगरपालिका जिम्मेवार बनोस भन्ने नै हाम्रो अभियान हो ।’

८ राजनीति दलको समेत आपत्ति

यता स्थानीय ८ राजनीति दलहरुले समेत अहिले भईरहेको उत्त्खननलाई लिएर ध्यानाकर्षण जनाएका छन् । उनीहरुले सार्वजनिक गरेको प्रेस बिज्ञप्तिमा अहिले भईरहेको उत्त्खनन अवैध र अनुचित रहेको उल्लेख गरेका छन् ।कुनियतपूर्वक आर्थिक प्रभावमा परेर नगरले नदी उत्खनन गरिरहेको बताउँदै विज्ञप्तिमा आमनागरिकलाई सचेत रहन अपिल गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक स्रोत व्यवस्थापन गर्ने बहानामा रातु नदीमा भइरहेको अनियन्त्रित उत्खननलाई तत्कालै रोक्न बर्दिबास नगरपालिकासहित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउँछौँ ।’दलहरुले पनि राजस्व छलीमा नगर आफै लागेको आरोप लगाएका छन् ।यसअघि पनि भएको थियो ४ गुणा बढी उत्त्खनंन 

अघिल्लो स्थानीय सरकार अर्थात आर्थिक वर्ष २०७७÷७८ मा भएको उत्त्खनन समेत विवादित छ ।वातावरणीय प्रभाव मुल्यांकनअनुसार ०७८ मा रातु नदीको विभिन्न चार खण्डबाट एक लाख २१ हजार पाँच सय घनमिटर नदीजन्य वस्तु उत्खनन् गर्ने सम्झौता भएको थियो ।प्रक्रियाअनुसार नै ठेक्का पाएका पन्चधुरामाई सप्लायर्स, शिवम् कन्स्ट्रक्सन प्रालि र दिव्यांशु प्रालि जनकपुरले करिब चार गुना बढी उत्खनन् गरेको निष्कर्ष निकालेपछि उत्प्रेषण मिश्रित परमादेश रिट दायर भएको थियो जुन अझैसम्म पनि विचाराधीन अवस्थामा छ ।किसाननगर खण्ड, जुरेटोल खण्ड, पतलैया खण्ड र फुलबारी खण्डबाट उतखनन् गर्ने अनुमति पाएका तीन कम्पनीले मापदण्ड र सम्झौताविपरित उत्खनन् गरेपछि जनस्तरबाट चर्को दबाब आएको थियो ।ढुंगा, गिटी, वालुवा बिक्रीवितरण तथा व्यवस्थापनसबन्धी ऐन २०७७ लाई समेत धज्जी उडाउदै जनप्रतिनिधिकै मिलोमतोमा उत्तखनन् भएपछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी समेत परेको थियो ।

त्यसपछि नगरपालिकाले ठेक्का सम्झौता रद्द गरेर प्रावधिक नापजाँच उपसमितिको रिर्पोटअनुसार १ साउन ०७८ मा कारवाही प्रक्रिया सुरु भयो ।उपसमितिको प्रतिवेदनअनुसार उत्खनन् गर्ने जिम्मा पाएका उद्योग पन्चधुरामाई सप्लायर्सले किसानगर खण्डबाट सम्झौता भएभन्दा एक लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट एक लाख ६३ हजार नौ सय ६५ घनमिटर बढी उत्खनन् गरेको उल्लेख छ । पन्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको दुई करोड ७५ लाखभन्दा बढी राजश्व दिन बाँकी छ भने जुरेटोल खण्डको दुई करोड ६१ लाख राजश्व नगरलाई दिन बाँकी छ ।यसैगरी शिबम् कन्स्ट्रक्सन प्रालिले सम्झौतामा उल्लेख गरेभन्दा फुलबारी खण्डबाट एक लाख ७२ हजार तीन सय ६० घनमिटर र दिव्यांशु विल्डर्स प्रालिले सम्झौता गरेभन्दा पतलैया खण्डबाट दुई लाख ९९ हजार आठ सय ४५ घनमिटर उत्खनन् गरेको प्रतिवेदन छ ।शिवम् कन्स्ट्रक्सनले दुई करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले चार करोड ७८ लाख दिन बाँकी देखिएको छ । उक्त घनमिटरमा रेट भने हरेक खण्डवाट ४.५२ रुपैयाँ निर्धारण गरिएको थियो ।अहिले नगरले सोही खण्डवाट नगरले ठेक्का लगाएको छ । प्राप्त जानकारीअनुसार किसाननगर खण्डबाट ८० हजार १५० घनमिटर, जुरेटोल खण्डबाट ८० हजार ११५ घनमिटर, फूलबारी खण्डबाट ६७ हजार २८८ घनमिटर, पथलैया खण्डबाट ६७ हजार १२६ घनमिटर निकाल्न सकिने आइई रिपोर्टले अनुमति दिएको छ, जस्को राजस्व झन्डै ६ करोड ४३ लाख ९ हजार ९९९ रुपैयाँ हुन आउँछ ।तर नगरपालिकाले बाहिरवाट आरोप लगाएजस्तो नभएको जिकिर गर्दै आएको छ । नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री नितान्त बिरोधको लागी बिरोध मात्र भएको वताउछन ।तर क्रसर व्यवसायीको पृष्ठभुमि भएकै कारण क्रसर तथा ठेक्केदारहरुलाई नगरप्रमुखले नै प्रोत्साहन गर्ने गरेको वाक्लै आरोप लाग्दै आएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ,   पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ,  आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य सुरु गरिएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्य निर्धारित समयमै सम्पन्न गरी केन्द्रले पुनः...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ,  देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९