कैलालीमा एक विद्यालयको बदनाम हुनेगरी सामाजिक संजालमा गरिएका पोस्टको खण्डन (भिडियो,प्रेस विज्ञप्ति सहित)

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई यस्तो छ सजाय

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यामिक विद्यालयले विद्यार्थीको दिवा खाजामा अनियमितता गरि शिक्षक शिक्षिकाले भोज खाएको भनी सामाजिक संजालमा गरिएका टीका टिप्पणीको विषयमा खण्डन गरिएको छ ।

विद्यालयका प्रध्यानाध्यापक उदय सिंह बीसीका अनुसार यो भिडियो सहित………

पालिकाको शैक्षिक क्षेत्रमा अग्रणी स्थानमा रहेको विद्यालयको बदनाम हुनेगरी सामाजिक संजालमा गरिएका पोस्ट सत्यहीन र तथ्यहीन भएको जनाएको छ । विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक संजाल फेसबुकमा फेक आइडी बनाएर विद्यार्थीको दिवा खाजाबाट विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाले अनियमितता गरि भोज गरेको भनी गलत सन्देश फैलाएको भनी त्यसको खण्डन गरेको छ । विद्यालयका प्रध्यानाध्यापक उदय सिंह बीसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ०७९ को वर्षे विदाको दिन विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु मिलेर (तिजको दरखाने ) दिनमा सबै शिक्षक, शिक्षिका मिलेर आपसी रूपमा पैसा संकलन गरि खाजा खाएको र सोही विषयलाई गलत तरिकाबाट सामाजिक संजाल फेसबुकमार्फत नेपाल सरकारले विद्यार्थीको लागि उपलब्ध गराउदै आएको दिवा खाजाबाट शिक्षक शिक्षिकाले भोज गरेको भन्दै गलत सन्देश फैलाएको प्रति आपत्ति जनाउदै त्यस्तो निराधार प्रचार प्रति नलाग्न सबैमा आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति यस्तो छ : जस्ताकाे तस्तै

उपरोक्त विषय सम्बन्धमा यस श्री कालीका मा बि ले बिगत देखी नै यस क्षेत्रमा शैक्षिक संगै सामाजिक कुरिती र कुसंस्कार विरुद्ध समाजमा शिक्षाको दिप प्रज्वलन गर्दै आइरहेको छ । यस क्षेत्रको शिक्षा का साथ साथै खेलकुद र प्राविधिक शिक्षामा विद्यालयले हाल सम्म पुप्याएको योगदान महत्त्वपूर्ण छ । बिद्यालयले गरेको योगदानमा यहाँहरुको सदैव साथ र सहयोग रहदै आएको पनि छ । शिक्षाको अखण्ड दिप प्रज्वलन गर्ने पवित्र मन्दिर ही विद्यालय यस विद्यालयले पनि सोही बमोजिम कार्य गर्दै आइरहेको छ । विद्यालयले दिएको योगदानलाई नजर अन्दाज गर्दै विद्यालयले मिति २०७९ को वर्षे बिदाको अन्तिम दिन १३ गतेका दिन शिक्षक शिक्षिकाहरुले मिलेर खाजा खाएको तस्विरलाई प्र अ उदय सि बि सी को आई डिमा अपलोड गरेको फोटालाई फेसबुकमा ‘देश भक्त मान्छे’ नामको फेक आई.डि बाट पोस्ट गरी विद्यालयको वदनाम गराउने काम गरेका हुनाले उक्त पोस्ट प्रति गम्भिर ध्यानाकर्षण भएको छ । यसरी सामाजिक संजालको दुरुपयोग गरी विद्यालयको बदनाम गराउने जो कोही व्यक्ति होस कानुनी दायरमा ल्याएर कडा भन्दा कडा कारवाही गर्ने कुरामा यहाँहरु सम्पूर्ण अभिभावकमा सहयोगको लागी हार्दिक अनुरोध गर्दछौ । सामाजिक सजलाको दुरुपयोग गरि यसरी फेक आई डी बाट समाज भड्काउने तथा अरुको बदनाम गर्ने कार्य दिन दिनै बढ्दै गएको छ । यस्ता व्यक्तिहरुलाई कानुन बमोजीम सजाय दिनु पर्दछ । त्यसैले सो व्यक्तिलाई cyber crime गरि कानुनी कठघरामा उभ्याउने कार्यमा सहयोग गरिदिनुहुन सम्पूर्णमा अनुरोध गरिन्छ ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई यस्तो छ सजाय

सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको मानहानी गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने भएकोले त्यस्ता गतिविधिमा संलग्न नहुन महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ।

 

केही समयदेखि सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि बढ्दै गएकोले महानगरीय अपराध महाशाखाले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

 

‘अपरिचित व्यक्तिहरूले पठाएको फ्रेण्ड रिक्विष्ट एसेप्ट गर्ने फेसबुक, ट्वीटर, भाइबर, इस्टाग्राम लगायतका सामाजिक संजालमा रहेका फोटोहरु तानी त्यस्ता फोटोहरु बिगारी, अश्लिल बनाई पोष्ट गरी ईज्जत प्रतिष्ठामा आँच पुर्‍याउने, अश्लिल भिडियोहरु बनाई पठाउने, शेयर गर्ने, व्यक्ति एंव संघ संस्था उपर जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेण्ट गर्ने जस्ता गतिविधि बढ्दै गएको छ । सामाजिक संजालको दुरुपयोग गरी विद्युतीय स्वरूपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । आज बिहान १०ः०० बजे सम्म ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ ।     समानुपातिकमा नेपाली कांग्रेसले ११ हजार ४५६, नेपाल कम्युनिष्ट पार्टी...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९