काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई मध्यनजर गर्दै क्ल सेन्टर संचालनमा ल्याएको छ ।आयोगले आज बिहान ७ बजेदेखि राती ७ बजेसम्म संचालन हुने गरि नि: शुल्क ११०२ नम्बरको कल सेन्टर संचालनमा ल्याएको जानकारी दिएको हो ।यस कल सेन्टरमा उपनिर्वाचनको विषयमा उम्मेदवारी, मतदान प्रक्रियासहित सम्पूर्ण जानकारी पाउन सकिने आयोगले जनाएको छ ।साथै आयोगले उपनिर्वाचन बारे केहि जानकारी चाहिएमा यस कल सेन्टरमा सम्पर्क गरि जानकारी लिन आग्रह गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।






























































































































































