काठमाडौं – पर्सा प्रहरीले लाखौंको भन्सार छलीका सामान बरामद गरेको छ।पर्साका विभिन्न स्थानबाट मंगलबार प्रहरीले ५६ लाख ४६ हजार ४२९ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी र प्रहरी चौकी सिर्सियाको टोलीले एक दिनमा उक्त परिमाणको सामान बरामद गरेको हो।बरामद सामानमा इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पल लगायत छन्। तीन वटा ट्याक्टरमा लोड गरेर ल्याइएको उक्त सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।पर्सा तस्करीजन्य तथा सीमा अपराध अत्यधिक हुने जिल्ला हो।


































































































































































