चुनावी नारामा सिमीत पथरिया नदिको‌ पक्कि‌‌ पुल/हजार भन्दा बढी विद्यार्थीको भबिष्य माथी खेलवाड

बौनियाँ/कैलालीको सुदूर पूर्वी क्षेत्रमा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० रहेको पथरैया नदीमा पुल नबन्दा स्थानिय बासिन्दालाई आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्यार्थीलगायत स्थानीयलाई आवात जावत गर्न समस्या भएको हो।

चुरे पहाडबाट बगेर आउने भेलले पथरिया नदिमा पुल नहुदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निकै अप्ठ्यारो भएको छ।स्थानीय यूवा श्री मानव सेवा यूवा क्लवका सचिव कृष्ण प्रसाद जोसी भन्नुहुन्छ स्थानिय निकायको चुनाव आउनू भन्दा केहि दिन अगाडि सर्वे टोली आयको भयपनि अहिले सम्म पुल बन्न सकेको छैन ।त्यही नदी बाट ढुङ्गा,बालुवा,गिट्टी,माटो,दाउरा,घास , स्याउला ,घर बनाउने काठ जस्ता थुप्रै कुराहरु हामि सामु छ। जसको प्रयोग बाट अरुले भरपूर लाभ लिएको भयपनि यस क्षेत्रका जनताको जिवन स्तरका साथै दैनिकी जिबनशैलीमा कुनै परिवर्तन आएन आफुलाई अगुवा सम्झनेहरू चुनाव समयमा मात्र चिल्ला भाषण गर्दै आफ्नो पार्टिले पक्कि‌ पुल निर्माण गर्ने दाबी गरेर त्यस पछी नेताहरु आफ्नो स्वार्थ तिर नै ब्यस्त रहेको बताए । 

पूर्व,पश्चिम,दक्षिण तिनै तर्फबाट नदिले घेरेको छ नदीका काऱण नदीको छेउछाउमा घर भएका कयौ घरपरिवार बिस्तापित भए जसका कारण उनीहरु विस्तावितहुदै आएका छन। वर्षातको नदिले विद्यालय जान बाट बन्चित भई घर जादा धेरै पटक घर फर्कनु परेको‌ पिडा सम्झना ताजै छ । बौनिया बजारमा सामान लिन जाँदा होस वा कुनै सभा सम्मेलनमा सहभागिता हुदा कहिले काही नदीमा आएको बाढिका कारण धेरै समय कुरेर बस्नु पर्ने बाध्यता छ।यस बाटो भएर लम्किचुहा नगरपालिका वडा नम्बर १० को तोरीपुर वडा नम्बर ८ का मुर्तिपूर मालभंगा डम्मरीया मोहोन्याल गाउँपालिकाको वडा नम्बर ३ फलेविसौना पथरगड हात्तीढुंगा सुगरखाल वडा नम्बर ६ को भत्कुडि लगायतका स्थानमा जानका लागि उपयुक्त बाटो मात्र‌ नभई लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेका श्रीं राष्ट्रिय ‌नव जागृत माध्यमिक विद्यालय , गोल्डन वर्ड ईलिस बोर्डिंग स्कुल, सेती भिजन एकेडेमी, श्री सुर्योदय प्राथमिक विद्यालय साथै‌ बर्दगोरिया गाउँपालिकामा अवस्थित श्री बसन्त मुरारी माध्यमिक विद्यालय, नोवेल एकेडेमी,आदर्श सामुदायिक विधा मन्दिर, सनराइज एकेडेमीका गरि करिब हजार भन्दा बढी विद्यार्थी को भबिष्य नै खतरा‌मा परेको स्थानिय बासिन्दाहरूको भनाई छ । यस्ता तमाम दुःखहरु भोग्नु परेकोले यस ठाउँका जनताहरू वर्षा किन आउँछ न आई दिए हुन्थ्यो भन्ने गरेएको र बर्षातको समय अघि नै ६ महिनाको लागि आवश्यक सर सामान बजारबाट ल्याउनुपर्ने बाध्यता छ । 

 

यो समस्या लम्किचुहा नगरपालिका वडा नम्बर १० तोरीपूर १२ सय भन्दा बढि घर धुरीसंगै मोहोन्याल गाउँपालिका वासीहरुको समेत समस्या उस्तै रहेको छ । चुरेको फेदीसँगै जोडिएको यो वडाको पथरिया नदीमा पुल निर्माण नहुँदा हरेक बर्ष मानवीय क्षति हुने गरेको छ ।

करिब ४०० मिटर फराकिलो रहेको पथरिया नदीमा बर्षातको बेला आउने बाढी र भेलले स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ। वडाबासीले नदीका कारण यो समस्या वर्षौंदेखि भोग्दै आएका छन्। स्थानीय सुर्योदय प्रा विका शिक्षक बसन्त कठरियाले भने म २०३० सालदेखि यस वडामा बसोबास गर्दै आएकी छु त्यतिबेला पनि पुलको समस्या नै थियो अहिले पनि कायमै छ ।उनले थपे देशमा ठूला राजनीतिक परिवर्तन भए र वडाका जनताको सुविधाको लागि कुनै परिवर्तन हुन सकेको छैन । चुरे पहाडबाट बगेर आउने पानीले पथरिया नदीमा पानीको बहाव उच्च भएपछि नदीले धेरैका घर खेती योग्य जमिन बगाएर परिणत गरेको छ । भने तर्ने क्रममा केहि मानिसहरूको मृत्युसमेत भइसकेको भएपनि सम्बन्धित निकाय मौन रहेको छ । कुनै जटिल खालको समस्या हुँदा बिरामी गर्भवती बालबालिकाको ज्यान जोखिममा रहेको बेला नदीले समस्या सिर्जना गर्ने गरेको उनले बताए देशमा शान्ति र संविधान आयो तर विकास र सम्वृद्धि आउन सकेन । हाम्रो क्षेत्रमा जनअपेक्षा अनुसार विकासले गति लिन सकेन, विकासका संरचना हरु निर्माण हुन सकेन। वर्षातको समयमा यहाँका स्थानीय नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तर यहाँका स्थानीय नेताहरुबाट कुनै पहलकदम नभएको स्थानीय बासिन्दाहरुले महसुस गरेका छन्।चुनावका बेला विकास र समृद्धिको नारा लिएर गाउँगाउँमा आउने नेता कार्यकर्ताहरु चुनाव जितेर गएपछि फर्केर समेत आउँदैनन्। प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि स्रोतको समुचित प्रयोग हुन सकेको छैन । 

सो नदीमा अधिकांश विद्यार्थी र सामान किनमेलका लागि मानिसहरु दैनिक ओहोरदोहोर हुने गरेको पाईन्छ ।

वर्षातको समयमा भने बालबालिकाका पढाइबाट बञ्चित हुने गरेका छन । भने विद्यार्थीले १० कक्षा भन्दा माथिको शिक्षा हासिल गर्न चुहा बौनिया सुखड लम्कि लगायतका ठाउँमा धाउनुपर्छ विद्यालयमा पढ्न जाने विद्यार्थी समेत विद्यालय जानबाट बञ्चित भएका छन् । लम्किचुहा नगरपालिका वडा नम्बर ८र१० का करीब एक हजार बढि घर धूरी रहेको वडाको तिन तिर नदी रहेको उत्तर‌तिर बाट जान‌ खोजेको खण्डमा करिब २ घण्टा हिडेर मात्र राजमार्ग पुगिन्छ यदि पूल निर्माण गरे भने दश मिनेटको बाटो हिडेर राजमार्ग पूगिने शिक्षक कठरियो दावी रहेको छ । नदी कटानको समेत चपेटामा परेका स्थानीयको प्रमुख समस्याको रूपमा नदीको कुरा पुललाई लिने गर्दछन् ।

नदीमा पुल नभएकै कारण गर्भवती महिलाले वर्षातको बेला बाटोमा बच्चा जन्मनुपर्ने बाध्यता रहेको लम्किचुहा नगरपालिका वडा नं १० कि महिला स्वयंसेविका कुईया कठरियाले बताउनू भयो उनका अनूसार आपतकालीन अवस्थाका बिरामीलाई समेत वर्षातका बेला अस्पताल लैजान समस्या भएको बताइन्। 

 

कुनै महिला दिदी बहिनी सुत्केरी उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नुपर्ने बाध्यता छ। स्थानीय सघ र प्रदेश निर्वाचनमा सबैले यसलाईकुनै महिला दिदी बहिनी सुत्केरी उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नुपर्ने बाध्यता छ। स्थानीय सघ र प्रदेश निर्वाचनमा सबैले यसलाई मुख्य चुनावी मुद्दा बनाई वि‌ स २०६४ मा तत्कालिन एकिकृत नेपाल कम्यूनिस्ट पार्टि माओवादी बाट विजय भएका कमरेड भगत बडुवाल मुक्ति वि स २०७० सालमा नेपाल कम्युनिष्ट पार्टि‌ एमाले को तर्फबाट मोहन सिह राठौर र वि स २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टि‌ एमाले को तर्फबाट झपट रावलले यसै समस्यालाई पहिलो प्राथमिकता भनेर हाल आएर कसैले वास्ता नै नगरेको स्थानिय बासिन्दाहरू को आरोप रहेको छ । लम्किचुहा नगरपालिका वडा नं १० लाई स्थानीयले व्यंग्य गर्दै श्रीलङ्काको टाकुरा भन्ने गरेका छन्। पहाडमा पानी पर्यो भने हामीलाई बिरामी र छोरा छोरीकोको पिरले सताउने गरेको अभीभावक भनु हुन्छ ।

 

कुनै महिला दिदीबहिनीहरु सुत्केरी,सिकिस्त बिरामी, गर्भवती महिलालाई झन ठूलो समस्या वर्षौंदेखि भोग्दै आइरहेको समेत बताउनुभयो।हामीले पटक पटक सम्बन्धित निकायका व्यक्तित्वहरूला घच घच्याउदा समेत आश्वाशन‌ मात्र पाउने गरेको स्थानीय बासिन्दाहरू को भनाई छ । 

 

उनले आफू स्थानीय जनताको अभिभावक समेत भएकाले धेरैपटक पक्की पुलको निर्माण गर्न नगरपालिका प्रदेश सरकार र केद्रिन्य सरकार नेता कार्यकर्ता हरुलाई घच्घच्याईरहेको रहेको भयपनि आश गरौ भर नपरौ भन्ने स्थितीमा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरियाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तराईका जिल्लामा आज होली मनाइँदै

मध्यविन्दु (नवलपरासी),  रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा,  मोरङ, सुनसरी, सप्तरी,...

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा),   वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा...

प्रतिनिधिसभा निर्वाचनः तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

दमौली (तनहुँ),  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ ।  मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ को...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९