कैलालीमा मतदाता नामावली अद्यावधिक गरिँदै, ६६ हजार बढी मतदाता थपिने अनुमान

टीकापुर,-कैलालीमा निर्वाचन कार्यालयले आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै निर्वाचनको तयारी जुटेको हो ।   

प्रदेश निर्वाचन कार्यालय कैलालीले मतदाता नामावली अद्यावधिक गर्ने तयारी भएको जनाएको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।

 

निर्वाचन कार्यालयले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । फागुन २० देखि २६ सम्म मतदाताको नामावली अद्यावधिक गरिने प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।

 

‘मतदाता नामावलीमा दर्ता भएका १८ वर्षमुनिका व्यक्तिको नाम हटाएर आयोगले हामीकहाँ पठाएको छ । अब त्यसलाई अद्यावधिक गरेर पुनः आयोगमा पठाउँछौँ । त्यसपछि मात्र आयोगले फोटोसहित मतदाताको अन्तिम नामावली प्रकाशन गर्छ’, उहाँले भन्नुभयो । आगामी चैत्र १३ गतेसम्म मतदाताको अन्तिम नामावली प्रकाशित गरिनेछ । उक्त अवधिमा नामावली अद्यावधिक गर्दा मतदाता संख्या थपघट हुन सक्ने उहाँले बताउनुभयो ।

 

निर्वाचन आयोगले आगामी २९ वैशाखसम्म पनि १८ वर्ष नपुग्ने मतदाता नामावलीमा दर्ता भएका व्यक्तिको नामावली हटाएर जिल्लामा पठाएको छ । कैलालीमा त्यस्ता मतदाताको संख्या ५ लाख २७ हजार ५४८ रहेको छ । जसमध्ये पुरुष मतदाता संख्या २ लाख ५२ हजार २९२, महिला मतदाता संख्या २ लाख ७० हजार २४८ र अन्य ११ जना रहेका छन् । 

 

यसअघि ५ पुस २०७७ सम्म निर्वाचन कार्यालयले गरेको मतदाता नामावली अद्यावधिक विवरणअनुसार कैलालीमा ४ लाख ९८ हजार ९९ मतदाता थिए ।

 

पछिल्लो पाँच वर्षमा ६६ हजार ९७० मतदाता थपिएका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कैलालीमा ४ लाख ६० हजार ५७८ मतदाता थिए । ६ वटा नगरपालिका, ६ वटा गाउँपालिका र एउटा उपमहानगरपालिका रहेको कैलालीमा ७४ प्रतिशतले मताधिकार प्रयोग गरेका थिए ।

 

मतदाताको नामावली अद्यावधिक गर्न तथा कुनै दाबी विरोध भए उजुरी गर्न निर्वाचन कार्यालयले आह्वान गरेको छ । अद्यावधिक तथा दाबी विरोधको कार्यक्रमको सूचना तथा मतदाता नामावली यही १९ फागुनसम्ममा वडा कार्यालय, स्थानीय तह, नापी, मालपोत कार्यालयलगायतका स्थानमा टाँसिने उहाँले बताउनुभयो । 

 

दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका सच्चाउन वा कसैले झुटा विवरण दिएर मतदाता नामावली दर्ता गरेमा उजुरी गर्न २० देखि २३ फागुनभित्र निर्वाचन कार्यालयमा निवेदन दिन उहाँले आग्रह गर्नुभयो । कसैको मतदाता परिचय पत्र हराएको छ भने पनि सम्बन्धित वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने उहाँले बताउनुभयो ।

 

मृत्यु भएका वा नागरिकता त्यागेका व्यक्तिको नामावली हटाउन २० देखि २३ फागुनसम्म एकाघरको सदस्य वा अन्य कुनै व्यक्तिले निर्वाचन कार्यालयमा सूचना दिन सक्नेछन् । 

 

सरकारले गएको २४ माघमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता संकलनको काम रोकिएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा कैलालीमा २ सय ३१ मतदान स्थल र ५ सय ३८ मतदान केन्द्र रहेका थिए । यस पटक ५ वटा मतदान स्थल थप भएसंगै २३६ पुगेको छ भने, मतदान केन्द्र ६२३ वटा हुन सक्ने अनुमान गरिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले बताउनुभयो ।

 

एउटा मतदान स्थलभित्र सात वटासम्म मतदान केन्द्र रहने उहाँले बताउनुभयो । एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाताले मतदान गर्न पाउने गरी व्यवस्था मिलाइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९