भलिबल प्रतियोगिता बर्दगोरियामा सुरु साइनिङ्ग स्टार युवा क्लब(बि) विजय

कैलाली-कैलालीको बर्दगोरियामा खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता बुधवारबाट सुरु भएको छ । पालिकाको वडा नम्बर ३ मा रहेको साइनिङ्ग स्टार युवा क्लबले फागु पूर्णिमाको अवसरमा पाचौं संस्करणको भलिबल प्रतियोगिता आयोजना गरेको हो । 

 

 

 

बुधवार भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु, उपाध्यक्ष भगवती देवी डगौरा थारु, वडा अध्यक्ष करणे सुनार, कार्यपालिका सदस्य कोकिला खत्री, न्यायिक समिति सदस्य टङ्कराज ओली, सडकपुर बौनियाँ युवा क्लबका अध्यक्ष जीवन बि।सी। लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा साइनिङ्ग स्टार युवा क्लबका उपाध्यक्ष गणेश बि.कले स्वागत गरेको कार्यक्रमको सन्चालन महा-सचिव सुन्दर गौतमले गरेका थिए ।

 

कार्यक्रममा बोल्ने अधिकांश व्यक्ताहरुले खेलकुद समुदाय र राष्ट्र पहिचानको महत्त्वपूर्ण पाटो भएको कुरामा जोड दिए । भलिबल प्रतियोगिताले नै वडा नम्बर ३ को पहिचान बढाएको भन्दै उनीहरूले युवाहरूलाई थप सशक्त पार्दै एकताको सूत्रमा बाँध्न सबै सरोकारवालाहरूले हातेमालो गर्न आवश्यक रहेको बताएका छन् । बुधवारबाट सुरु भएको प्रतियोगिता आगामी शनिवार सम्म चल्ने छ ।

 

१४ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उप विजेताले ५५ हजार नगद सहित मेडल ट्रली र प्रमाणपत्र प्राप्त गर्दा तृतीय स्थान प्राप्त गर्ने टिमले नगद ३५ हजार सहित मेडल ट्रली र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

आज दिउँसो भएकाे पहिलो उद्घाटन खेलमा जगदम्बिके भगवती माध्यमिक विद्यालय रानीकुण्डा र आयोजक(बि) बीच भएकाे खेलमा आयोजक विजय भएकाे छ ।

 

पहिलो खेलमा साइनिङ्ग स्टार युवा क्लब (बि)ले २५–२० को सेटमा जगदम्बिके भगवती माध्यमिक विद्यालय रानीकुण्डालाई पराजित गरेको हो । प्रतिष्पर्धात्मक खेलमा साइनिङ्ग स्टार युवा क्लब बिले २५–२०, १७–२५ र २५–२३ ले बाजी मार्न सफल भयो । 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?