हस्तान्तरण गरेको पाँच मिनेटमै इसिजि सेवा सुरु अध्यक्ष कर्ण बहादुर कुँवरको चारै तिर चर्चा

बर्दगोरियालाई देशकै नमुना गाउँपालीका बनाउन कुनै कसर नछोडने अध्यक्ष कुँवरको भनाई (भिडियाे सहित)

बौनियाँ,कैलाली – बर्दगाेरिया गाउँपालिकाकाे कार्यालय मुडा कैलालीले मंगलबार एक कार्यक्रमकाे आयाेजना गरेर दाेदाेधरा अस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्वास्थ्य मानव जिवनकाे महत्वपुर्ण सम्पत्ति भएको भन्दै त्यसमा सबैले ध्यान दिनुपर्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा अगाडि बाेल्दै अध्यक्ष कुवरले याे सुरुवात मात्र भएको भन्दै आफ्नो पाँच बर्षिय कार्यकाल बिशेषत बर्दगाेरिया गाउँपालिकाकाे स्वास्थ र शिक्षामा परिवर्तन ल्याउनु रहेको बताएका थिए । साथै साे अवसरमा अगाडि बाेल्दै अध्यक्ष कुवरले आफुले सम्पुर्ण स्वास्थ्यकर्मीहरुकाे समस्या बुझेको बताउदै स्वास्थ्यकर्मीहरुले समेत बिरामीको हेरचाह र उपचारलाई आफ्नो प्रमुख दायित्व सम्झेर लाग्न आग्रह गर्नु भएको थियाे ।साे अवसरमा सामाग्री ग्रहण गर्दै बर्दगाेरिया गाउँपालिका वडा नम्बर एकका अध्यक्ष एवम् दाेदाेधरा अस्पताल सञ्चालन समितिका अध्यक्ष मिथुन गाैतमले बर्दगाेरिया गाउँपालिकाले पहिलो चरणमा दाेदाेधरा अस्पताललाई सामान हस्तान्तरण गरेकोमा धन्यवाद व्यत्त गरेका थिए । साेहि अवसरमा अगाडि बाेल्दै वडा अध्यक्ष गाैतमले आफू दाेदाेधरा अस्पतालको समस्याका बारेमा जानकार रहेकाे भन्दै याे अस्पताल लाई नमुना अस्पताल बनाउन सधैं लागिपर्ने कुराकाे प्रतिबद्धता समेत व्यत्त गर्नु भएको थियो ।कार्यक्रममा बर्दगाेरिया गाउँपालिकाले दाेदाेधरा अस्पताल बर्दगाेरिया गाउँपालिका वडा नम्बर एक मुडालाई इसिजि मेसिन एक थान,५० लिटरको अक्सिजन सिलिन्डर २ थान,अक्सिजन रेगुलेटर २ थान,अक्सिजन सिलिन्डर कि १ थान,पल्स अक्सामेटर स्पट चेक २ थान,डिजिटल बिपि सेट २ थान,काेभिड-१९ मास्क १००० पिस,काेभिड-१९ एन्टिजिन कीट १००० सेट,डिजिटल थर्ममिटर १० पिस,भ्याकुम एक्सट्रयाक्टर सेट १ पिस लगायतका सामान हस्तान्तरण गरेकाे हाे ।साे सामाग्री बर्दगाेरिया गाउँपालिकालाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतकाे स्वास्थ्य सेवा बिभाग टेकु काठमाडौले प्रदान गरेको हाे ।सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा एमाले बर्दगाेरिया गाउकमिटि सचिव देवेन्द्र शाहि,बाैनियाँ बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम,बाैनिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भाेजराज भट्ट,बाैनियाँ बजार व्यवस्थापन समितिका पुर्व महासचिव द्धारिका धमाला,मुडा बजारका व्यापारी एवम समाजसेवी मिन बहादुर बम,बर्दगाेरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नृप बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको दुई मिनेटमै इसिजि सेवा सुरु

साेमबार इसिजि मेसिन प्राप्त गरे लगत्तै दाेदाेधरा अस्पतालले इसिजि सेवा सुरुवात समेत गरेको छ । विगत तीन देखि दाेदाेधरा अस्पतालमा भर्ना भएर सेवा लिइरहेका माेहन्याल गाउपालिका वडा नम्बर १ तल्लापानि बस्ने बर्ष ८३ का हर्क बहादुर बस्नेत दाेदाेधरा अस्पतालबाट इसिजि सेवा प्राप्त गर्ने प्रथम व्यत्ति बनेका छन् । दाेदाेधरा अस्पालले हाल डाक्टर प्रकासचन्द्र भट्टको नेतृत्वमा सेवा प्रदान गर्दै आइरहेको छ ।

                   (भिडियो सहित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९