बाैनियाँ,कैलाली –आदर्श सामुदायिक विद्या मन्दिर बर्दगाेरिया गाउँपालिका – २ बाैनियाँकाे बिदाइ तथा सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । हाल कक्षा १० मा अध्यनरत छात्र अबिराज बुढाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय बाैनियाँका प्राचार्य भुमि प्रकास बम रहनु भएको थियो ।
साे अवसरमा प्रमुख अतिथिको आसनबाट बाेल्दै बमले बिद्यालय कार्य विद्यार्थीलाई अध्यान गराउनुका साथै बिबिध अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन आवश्यक रहेको बताउदै एक हदसम्म याे कार्यमा आदर्श सामुदायिक सफल रहेको कुरा बताउनु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै बमले आदर्श सामुदायिकले पछिल्लो समयमा बर्दगाेरिया गाउँपालिकाकाे समग्र शिक्षा क्षेत्रमा फरक छाप छाेड्न सफल भएको कुरामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यहीँ गुणस्तर लाई कायम राखेर अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।अझ अगाडि बाेल्दै बमले अहिले युग प्रबिधिकाे युग रहेको कुरामा जाेड दिदै विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर सम्पुर्ण देश र विश्व जगतमा पछिल्लो समयमा भैरहेका घटनाक्रमका बारेमा जानकार रहनु पर्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै बिद्यालयका संस्थापक एबम कैलाली ज्ञान ज्योति बिद्यालयका सञ्चालक शालिमान बाेहराले विद्यार्थी भनेको एक काँचो माटो रहेको कुरामा जाेड दिदै त्यसलाई कस्तो आकार दिने भन्ने कुरा शिक्षक शिक्षाका र अभिभावककाे हातमा रहने कुरामा जाेड दिनु भएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै बाेहराले एक विद्यार्थी र विद्यालय सफल हुनमा विद्यार्थी ,अभिभावक र शिक्षक शिक्षाकाहरुकाे भुमिका समान रहने भएकोले त्यसतर्फ सबैले ध्यान दिन आवश्यक रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा विद्यालयका शिक्षक सुनिल भण्डारी , बिद्यालयका प्रिन्सिपल बिकास थापा र २०७८ काे एस.ई.ई ब्याजमा विद्यालयका तर्फबाट उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी बिराज मल्ल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पछिल्लो समयमा आदर्श सामुदायिक विद्या मन्दिर बर्दगाेरिया गाउँपालिकाकाे एक स्थापित शिक्षण संस्थाको रुपमा उदाउदै गैरहेकाे छ । गत बर्षकाे एस. ई.ई नतिजामा विद्यालयले गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । साे विद्यालयबाट एस.ई.ई परीक्षा दिएका ३३ जना विद्यार्थी मध्ये २ जनाले (ए) प्लस ल्याउन सफल भएका थिए ।
बिबिध सांस्कृतिक प्रस्तुति सहित आयाेजना भएको कार्यक्रमकाे सञ्चालन कक्षा १० काे कक्षा शिक्षक राज थापाले गर्नु भएको थियो । साे कार्यक्रममा एस.ई.ई व्याज २०७८ का विद्यार्थीहरुलाई साेहि व्याजका कक्षा ९ का विद्यार्थीहरुले मायाको चिनाे सम्झना स्वरुप प्रदान गरेर सम्मान तथा बिदाई गरेका थिए। साेहि कार्यक्रममा विद्यालयले एस.ई.ई व्याज २०७८ का विद्यार्थीहरुलाई पुरष्कृत समेत गरेको थियो ।
……..फोटो फिचर सहित……






































         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































