बौनियाँ,कैलाली – बर्दगाेरिया गाउँपालिकामा रहेको सडकपुर बाैनियाँ युवा क्लबको आयाेजनामा भएको बृहत घैंटाेफाेड कार्यक्रम २०७९ सम्पन्न भएको छ ।
बाैनियाँ बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैंटाेफाेड कार्यक्रम सञ्चालन हुदै आइरहेको छ । बिगत दुई बर्ष काेरोनाका कारण सञ्चालन हुने नसकेको याे कार्यक्रम यस बर्षबाट पुन सञ्चालन भएको हाे ।
पहिला यस कार्यक्रमकाे आयाेजना र व्यवस्थापन बाैनियाँ बजार व्यवस्थापन समितिले गर्दै आइरहेता पनि विगत ६ बर्ष देखि यसको आयाेजना सडकपुर बाैनियाँ युवा क्लबले गर्दै आएको छ ।बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले कार्यक्रमकाे उद्धघाटन गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेशराज गिरिले सडकपुर बाैनियाँ युवा क्लबले बिचमा दुई बर्ष काेराेना महामारिका कारण स्थगित भएको कार्यक्रम लाई यस बर्षबाट पुन सञ्चालन भएकोमा आयाेजक सडकपुर बाैनिया युवा क्लबलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै उपाध्यक्ष गिरिले क्लबले कम्तिमा पनि अब बाट हरेक महिना एक रचनात्मक कार्यकाे थालनी गर्न क्लबलाई आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य ,क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट ,क्लबका पुर्व अध्यक्ष देवराज स्वार,नेकपा ( माओबादि केन्द्र ) बर्दगाेरियाका बरिष्ट उपाध्यक्ष भेखुराम चाैधरी, राष्ट्रिय जनमाेर्चा नेपाल बर्दगाेरिया अध्यक्ष रुपा आलेमगर ,नागरिक उन्मुक्ति पार्टी बर्दगाेरिया गाउँपालिका अध्यक्ष जन्मदेव सञ्ज्याल ,बाैनियाँ बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम , बसन्त मुरारी नमुना माध्यमिक विद्यालय प्राचार्य भुमि प्रकास बम लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।बृहत घैटाेफाेड कार्यक्रम अन्तरगत आकासे घैटाेफाेड तर्फ बिजेता बन्दै मुडा गाउँको जगत कुँवर नेतृत्वकाे समुहले नगद ४१ हजार पुरस्कार स्वरुप प्राप्त गर्न सफल भएको छ ।
 यस्तै साेहि अवसरमा सञ्चालन भएको भुइ घैटाेफाेडमा बिजेता हुदै आशिष चाैधरीले नगद पाँच हजार एक सय पुरस्कार पाउदा पाइप चडाइतर्फका विजेतालेे बिजेता हुदै रमेश चाैधरीले नगद पाँच हजार एक सय पुरस्कार स्वरुप प्राप्त गर्नु भएको थियो । यस्तै महिला हरुका लागि मात्र सञ्चालन भएको म्युजिकल चेयर तर्फकाे बिजेता हुदै श्रेशा जाेशीले नगद तीन हजार एक सय पुरस्कार स्वरुप प्राप्त गर्नु भएको थियोे ।क्लबका बरिष्ट उपाध्यक्ष धिरज शाहीकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन क्लबका महासचिव कृष्णप्रसाद ओझाले गर्नु भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष जीवन वी.सिकाे अध्यक्षतामा भएको हाे ।
         
        






















                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































