लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक भए टीकापुर घटना छताछुल्ल हुन्छ ?

टीकापुर घटनाका मृतकहरूलाई शहिद घोषणा गर्न सरकार संग मञ्चैबाट नागरिक उन्मुक्ति पार्टीको माग

कैलाली – नागरिक उन्मुक्ति पार्टीको आयाेजनामा मंगलबार कैलालीको टिकापुरमा २०७२ टीकापुर घटना स्मरण बिशेष कार्यक्रम सम्पन्न भएको छ । संघियता, समाजवाद , देशभक्ति, लाेकतन्त्र सांस्कृतिक पहिचान सहितको संघीयता भन्ने मुल नाराका साथ उक्त कार्यक्रमकाे आयाेजना भएको हाे ।२०७२ साल भदौ ७ गते पहिचानका लागि टिकापुरमा भएको आन्दोलन र आन्दोलन पश्चात् भएको घटनामा परि ज्यान गुमाएकाहरुकाे सम्झना र साेहि आन्दोलनका कारण दाेषि ठहरिदै जेल जीवन व्यतीत गरिरहेकाहरुका राजबन्दिहरुकाे रिहाइको माग गर्दै साे कार्यक्रमको आयाेजना गरिएको हाे ।कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले साे घटना पश्चात् सरकार द्धारा गठित लाल आयाेगकाे प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न आग्रह गरेका थिए । कार्यक्रममा बाेल्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लक्ष्मण चाैधरीले पहिचानकाे माग गर्दै भएको आन्दोलनलाई राजनीतिक घटना भन्दा फरक ढंगमा हेर्न नहुने कुराकाे जिकिर गर्नु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै चाैधरीले याे सरकारले दाेषि ठहर गर्दै जेल जिवन व्यतीत गराउन बाध्य पारिराखेका राजबन्दिहरुलाई आफुहरु अब पार्टिलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गरेर सम्पुर्ण राजबन्दि हरुलाई रिहा गराइ छाेड्ने कुराकाे ठाेकुवा समेत गर्नु भयाे । चाैधरी समेत साेहि घटनाका कारण ४२ महिना जेल जिवन व्यतित गरेका राजबन्दी हुनुहुन्छ ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरीले राजबन्दि परिवारकाे सदस्य भएर बाँच्दाकाे पिडा आफुले राम्रोसँग बुझेकाे बताउदै अब आउने संघिय तथा प्रदेश सभाको निर्वाचनमा सम्पुर्ण उत्पिडित तथा पछाडि परिएका बर्ग समुदायले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा मतदान गरेर हेर्न आग्रह गर्नु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै अध्यक्षले सम्पूर्ण उत्पिडित जनकाे उन्मुक्तिका लागि पार्टीको स्थापना भएको कुरा बताउदै नागरिक उन्मुक्ति पार्टिलाई लाग्दै आएको जातीय पार्टीको बिल्ला गलत भएको कुरा समेत बताउनु भयाे ।साेहि कार्यक्रममा सम्बाेधन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् भजनी नगरपालिकाका नगर प्रमुख केवल चाैधरीले कुनै पनि समुदायले आफ्नो पहिचान लाई भुल्न नहुने कुरामा जाेड दिदै पहिचान भुलेमा जातिकाे अस्तित्व मेटिन समय नलाग्ने कुरा बताउनु भयाे ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय सदस्य एवम् जानकी गाउँपालिकाका पुर्व अध्यक्ष प्रदिप चाैधरीले अब देशको आमूल परिवर्तनका लागि नागरिक उन्मुक्ति पार्टीको बिकल्प नरहेको कुरामा जाेड दिनु भएको थियो ।कार्यक्रममा सम्बाेधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दामोदर शर्मा पण्डितले माननिय रेशम लाल चाैधरी व्यक्ति मात्र नभएर एक आन्दोलन र पहिचान भएको कुरामा कुनै संका नरहेको कुरा बताउनुभयो । साेहि अवसरमा अगाडि बाेल्दै प्रवक्ता पण्डितले कुनै पनि जाति र समुदायलाई उसको थर र उसले बाेल्ने भाषाकै आधारमा पछाडि पार्न नमिल्ने कुरा समेत बताउनु भयाे । पण्डितले अगाडि बाेल्दै भन्नुभयो अब थारुका नाममा याे समाजमा राजनीति गर्दै आएका थारु समुदायका अगुवा भनाउदा हरुकाे दिन सकिएकाे भन्दै यस समुदायकाे नेतृत्व अब नागरिक उन्मुक्ति पार्टिले गर्ने कुरामा संका नमान्न आग्रह गर्नुभयो ।कार्यक्रममा थुप्रै जेलमुक्त राजबन्दि र अहिले पनि राजबन्दि रहेका परिवारका सदस्यहरुले सम्बाेधन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस ,नेकपा एमाले , एकीकृत समाजबादि , राष्ट्रिय जनता पार्टी लगायतका पार्टीका प्रतिनिधि हरुले समेत मन्तव्य व्यक्त गरेका थिए ।पार्टीका केन्द्रीय सदस्य भत्त बहादुर चलाउनेकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममाकाे सञ्चालन र सहजिकरण इन्दु चाैधरीले गरेकी थिइन् । कार्यक्रमकाे अध्यक्षता पार्टीका केन्द्रीय सदस्य एवम् टिकापुर घटना स्मरण दिन कार्यक्रम संयाेजक ललित ताम्राकारले गर्नु भएको थियो । भाेलि बुधबार समेत यहि सन्दर्भमा लम्किमा कार्यक्रम आयाेजना हुने पार्टीका केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर २ संयाेजक मिलन चन्दले जानकारी दिनु भएको छ ।भिडियो सहित हेर्न सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रावलद्वारा एमालेका थापालाई समर्थन

लम्की, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्ष उम्मेदवार डम्मर बहादुर रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्ने घोषणा गरेका छन् । उनले नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार सुर्य बहादुर थापालाई समर्थन गर्ने सहमति भएको जानकारी दिएका छन् ।   शनिवार लम्की स्थित सौराई होटलमा भएको सहमती पत्र घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार रावलले...

‘नेतृत्व सुधारेको काङ्ग्रेसले देशलाई पनि विकासको पथमा अघि बढाउँछ’

दमौली (तनहुँ), नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको काङ्ग्रेसले देशलाई पनि सुधारेर विकास–निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताउनुभएको छ ।     नेपाली काङ्ग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको कोणसभामा उहाँले काङ्ग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडी बढाउने जिम्मेवारी...

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे (तनहुँ),  मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको १२ वर्ष बित्यो । प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपाली पनि सबैको चासोको विषय बनेको छ ।   तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने यो पुल अहिले निर्माणाधीन अवस्थामा छ...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

लागुऔषधसहित विभिन्न स्थानबाट एघार जना पक्राउ

काठमाडौँ, हिजो शुक्रबार र आज देशका विभिन्न भागमा गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, चितवन, कञ्चनपुर, सिरहा, मकवानपुर, डडेलधुरा र कैलालीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।     अभियुक्तहरुबाट चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न किसिमका औषधि...

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

सिमकोट (हुम्ला), जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रावलद्वारा एमालेका थापालाई समर्थन

लम्की, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्ष उम्मेदवार डम्मर बहादुर रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्ने घोषणा गरेका छन् । उनले नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार सुर्य बहादुर थापालाई समर्थन गर्ने सहमति भएको जानकारी दिएका छन् ।   शनिवार लम्की स्थित सौराई होटलमा भएको सहमती पत्र घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार रावलले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९