बौनियाँ,कैलाली – जिल्लाकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक विद्यालयले ५८ औ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमकाे आयोजना गरेर मनाएको छ ।
कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर कामिकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही रहनु भएको थियो ।
 साे अवसरमा प्रमुख अतिथिको आसनबाट बाेल्दै शाहीले आफू लामाे समय देखि बालबालिका र युवाहरूको क्षेत्रमा कार्य गरिरहेकाे कुरा उल्लेख गर्दै नियमित रुपमा यसकै पक्षमा रहने कुरा उल्लेख गर्नुभएको थियो । साे अवसरमा अगाडि बाेल्दै शाहीले आजका बालबालिका नै भाेलिकाे याे राष्ट्र निर्माणकाे मेरुदण्ड भएको बताउदै बालबालिकाकाे हक अधिकार सुनसश्चित गर्न सबैले लाग्नु पर्ने कुरामा जाेड दिनुभएको थियो । साे अवसरमा कार्यपालिका सदस्य पुष्कर सुनार,माया चाैधरी वडा सदस्यहरु अशाेक चाैधरी र भागमल चाैधरी लगाएको सहभागिता रहेकाे थियो ।
 राष्ट्रिय बाल दिवस अन्तरगत भएको नृत्य प्रतियोगितामा रेनु बिकको समूह प्रथम,स्नेहा चाैधरी समूह दाेस्राे ,पुजा साउँदकाे समूह तेस्रो र रिया ठाडामगरकाे समूह सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । 
साेहि कार्यक्रमकाे अवसरमा शैक्षिक सत्र २०७८ मा विद्यालयमा कक्षा १ देखि १० सम्ममा प्रथम ,दाेस्राे र तेस्रो स्थान हासिल गर्न विद्यार्थीहरुलाई विद्यालय परिवारका साथै वडा अध्यक्ष जगत बहादुर शाहीले आफ्नो व्यत्तिगत तर्फबाट पुरस्कृत गरेका थिए ।कार्यक्रमकाे अवसरमा विद्यालय परिवारले स्थानीय निकायकाे निर्वाचन २०७९ मा निर्वाचित वडा नम्बर ४ का जनप्रतिनिधि हरुलाई सम्मान समेत गरेको छ । विद्यालयका प्राधान्याध्यापक उदय सिह बिसिकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन शिक्षक प्रमाेद साउँदले गरेका थिए ।














         
        
                                                
                                                
                                                
                                                
                                                
                                                




































                    
                    
                    
                    
                    


























































































































