कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघ गठनको अध्यक्षमा बिनोद कुमार चौधरी चयन भएका छन ।
शनिबार विद्यालय व्यवस्थापन समिती अध्यक्ष ध्वज बहादुर सुनारको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठनका लागि बसेको अभिभावक भेला बाट चौधरी चयन भएका हुन ।
यस्तै सदस्यहरुमा पदम बहादुर विश्वकर्मा, पार्वती देवि कामी, जानकी भण्डारी, कल्पना चौधरी, धना देवि चौधरी, लाली देवि भुल, रेखा देवि कठरिया, नानी कन्या सञ्चालन चयन भएका हुन ।
कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारु रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डगौरा थारुले श्री महुन्याल मा.विले पछिल्लो समयमा शिक्षा क्षेत्रमा निकै फट्को मारेको बताए । शिक्षामा आधुनिकरण तथा गुणस्तरीयता लाई निरन्तरता दिएको बताउदै बिधालयले पालिकामा शिक्षा क्षेत्र तर्फ निकै फट्को मारेको बताए । बिधालयका व्यवस्थापनका अध्यक्ष तथा प्र.अले आफ्नो भुमिकालाई निस्वार्थ पुर्ण निर्वाह गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गरेका हुन । विद्यालयलाई वडा बाट हुने सहयोग यस अघि पनि गरेको र आगामी दिनहरुमा समेत गर्ने बताए । सोही क्रममा उनले जोडे यश अघिको शिक्षक अभिभावक संगठनले पनि यस विद्यालयको समग्र बिकास तथा शिक्षामा सक्रिय भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे । साथै आउदो शिक्षक अभिभावक संघ गठनले पनि यस विद्यालय बिकास तथा शिक्षा क्षेत्रलाई थप मजबुत बनाउने कार्यमा आफ्नो अमुल्य भुमिका खेल्न समेत अनुरोध गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्वज बहादुर सुनार शिक्षकहरुको अभिभावक गर्नका लागि शिक्षक अभिभावक संघ गठन अतिआवश्य रहेको बताए । शिक्षक र अभिभावक बिचको सम्बन्धलाई नजिक बनाउन शिक्षक अभिभावक संगठनको एक अमुल्य भुमिका रहने गर्छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयको आर्थिक तथा भौतिक व्यवस्थापनको निम्ति काम गर्नु पर्ने हुँदा अन्य कार्यमा त्यति समय दिन नसकिने हुँदा शिक्षक र अभिभावक विचको सम्बन्धलाई गाडा बनाई विद्यालयको स्तर उन्नति गर्नको लागि शिक्षक अभिभावक संगठनको अमुल्य भुमिका रहने बताए ।
सोही क्रममा शिक्षक अभिभावक संगठनले विद्यालयले कस्तो प्रकारको शिक्षा दिइरहेको छ ? विद्यार्थीको उपस्थिति कति हुने गर्छ? शिक्षक,विद्यार्थी र अभिभावक लाई कसरी एक अर्का सँग जोड्ने भन्ने विषयमा काम गर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्यहरु,विद्यालय व्यवस्थापनका पुर्व अध्यक्ष लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक चन्द्रीका जोशीको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक धनराज जोशीले गरेका थिए ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                




































                    
                    
                    
                    
                    


























































































































