कैलाली –देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकायको रुपमा राष्ट्रिय योजना आयोग स्थापित भएको हो । यसले आर्थिक विकासको निमित्त स्रोतसाधनको व्यवस्था तथा विनियोजन गर्ने, विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्ने र अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रुपमा पनि कार्य गर्ने संस्थाको रुपमा स्थापित छ ।
यो संस्थाले देशको आर्थिक विकाससँग सम्बद्ध विषयहरूमा विचार आदानप्रदान, बहस, छलफल र अन्तरक्रिया गर्नुका साथै नागरिक समाज, गैरसरकारी संस्था र निजी क्षेत्रको समस्याहरू विश्लेषण गर्ने र समाधान गर्ने संस्थाको रूपमा समेत सेवा प्रदान गर्ने गरको पाइन्छ ।
आज मात्रै राष्ट्रिय योजना आयोग सिंहदरवार काठमाण्डौ नेपाल द्वारा कैलालीको बर्दगोरिया गाउँपालिकाका विभिन्न ठाउँहरूमा अनुगमन गरेको छ ।
राष्ट्रिय योजना आयोगका माननीय सदस्य तथा प्रवक्ता डा. राम कुमार फुयाल,सुदूरपश्चिम प्रदेशका माननीय उपाध्यक्ष नीति तथा योजना आयोग मोहन देव बिष्ट,दीपिका भट्ट माननिय सदस्य, निर्देसक नेपाल पर्यटन बोर्डका मणी लामिछाने,बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष , गणेश राज गिरी (लाल्दिप) वडा नं १ का वडा अध्यक्ष मिथुन गौतम लगायत विभिन्न संग संस्थाका प्रतिनिधिहरुले अनुगमन गर्नु भएको थियो। आज गरिएको अनुगमनमा वसन्त मुरारी नमूना माध्यमिक विद्यालय,बर्दगोरिया धाम, साहारा घर,बालकन्या माध्यमिक विद्यालय र महुन्याल माध्यमिक विद्यालयमा गई अनुगमन गरिएको हो ।


















































































































































































