उम्मेदवार भोट माग्दै, किसान मल माग्दै

कैलाली –प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन नाै दिन मात्रै बाँकी रहँदा उम्मेदवार मत माग्न व्यस्त छन् भने किसान हिउँदे बाली लगाउँदा आवश्यक पर्ने रासायनिक मल खोज्न व्यस्त देखिएका छन् ।

हिउँदे बाली लगाउने समय भइसके पनि रासायनिक मल नपाएका किसान मलको खोजीमा हरेक सहकारीमा धाउन थालेका हुन् । ‘सहकारीमा कतिबेला मल आउँछ, थाहै हुँदैन,’ धनगढी – ७ का हेमराज उपाध्यायले भने, ‘त्यसैले दैनिक सहकारी धाउने गरेको छु । यति गर्दा पनि मल भने पाउन सकेको छैन ।’

उनले घरमा मत माग्न आउने उम्मेदवारलाई मलको कुरा गर्दा हामी सरकारमा गएपछि दिन्छौं भन्ने गरेको बताए । ‘भोट माग्न आउने उम्मेदवारलाई मलको कुरा सुनाउँदा हामीलाई जिताएर पठाउनुस्, त्यसपछि प्रयाप्त मल दिन्छौं भन्ने जवाफ आउने गरेको छ,’ उनले भने, ‘तर हामीलाई यसपालिको खेती कसरी गर्ने भन्ने चिन्ता छ, त्यसैले दैनिक मलको खोजीमा धाइरहेका छौं ।’

हरेक निर्वाचनमा नेताहरुले मल दिन्छौं भनेर वाचा गर्ने गरेका भए पनि अहिलेसम्म सजिलै मल कहिल्यै नपाइएको धनगढी– ७ कै सुन्दरे रानाले बताए । बिहीबार मलको खोजीमा कृषि सामग्री केन्द्र धनगढीको कार्यालयमा पुगेका उनले भने, ‘चुनाव अघि जे पनि गर्न तयार छौं भन्ने नेता चुनावपछि फर्केर आउँदैनन् । नेताले पाँच वर्ष अघि बोलेका कुरा पूरा नगर्दा हाम्रा समस्या पाँच वर्ष अघि जस्ता थिए अहिले पनि त्यस्तै छन् ।’

मलकै कारण ढिला गरी धान रोपेका कारण उब्जनी नभएको उनको भनाइ छ । ‘मल पाइएला भन्ने आसामा असार मसान्तसम्म धान रोपेनौं,’ उनले भने, ‘नपाइने निश्चित भएपछि ढिला गरी धान रोप्दा यसपटक उब्जनी पनि राम्रो भएको छैन, हिउँदे बालीका लागि पनि मल पाइन्छ कि पाइँदैन थाहा छैन ।’

धनगढी–३ स्थित केदार कृषि सहकारी संस्थाका व्यवस्थापक सुन्दर धामीले मागे जति मल नपाउँदा किसानलाई खाली हात फर्कनु परिरहेको बताए । प्रत्येक सिजनमा ७ देखि ८ सय क्वीन्टल मल माग हुने गरेकोमा कृषि सामाग्री केन्द्रबाट डेढ सय क्वीन्टलभन्दा बढी मल कहिल्यै नपाएको उनले बताए ।

‘हामीसँग आबद्ध सेयर सदस्यमध्ये अधिकांस किसान छन्,’ उनले भने, एक सिजनमा उनीहरुले ७/८ सय क्वीन्टल मल माग्ने गर्दछन्, तर अहिलेसम्म डेढ सय क्वीन्टल भन्दा बढी मल कहिल्यै पाएका छौं, यसले गर्दा धेरै किसानलाई रितै हात फर्काउनु परिरहेको छ ।’

मागको आधा मल पनि आएन मल

सुदूरपश्चिममा मागको आधा मल पनि आयात भएको छैन । गहुँका लागि सुदूरपश्चिममा १२ हजार भन्दा बढी डीएपी मल आवश्यक पर्ने गरेको भए पनि सरकारले हालसम्म दुई हजार ८४० मेट्रिक टन मल मात्रै पठाएको छ । सरकारले अनुदानमा उपलब्ध गराउने मल सुदूरपश्चिममा कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेडमार्फत वितरण हुने गरेको छ ।

दुई संस्थामध्ये साल्ट ट्रेडिङमा अहिलेसम्म डीएपी भित्रिएको छैन भने कृषि सामग्री केन्द्रमा दुई हजार ८४० मेट्रिक टन मल मात्रै आयात भएको छ ।

‘५ हजार मेट्रिक टन मल आउने भन्ने सूचना प्राप्त भएको छ,’ कृषि समग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका स्टोरकिपर रुपकबहादुर कुँवरले भने, ‘त्यसमध्ये अहिलेसम्म २ हजार ८४० मेट्रीक टन मल मात्रै भित्रिएको छ, भित्रिएको मल वितरण भइसकेको छ ।’ कृषि सामाग्री केन्द्र लिमिटेडमा असारमा डीएपी आएको थिएन ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले अहिलेसम्म डीएपी नआएको बताए । नेपाल भित्रिएको कुल मलको ९ प्रतिशत मल सुदूरपश्चिमका लागि पठाइने गरिएको भए पनि यसपटक भने हालसम्म डीएपी नआएको उनले बताए ।

‘अहिले डीएपी मलको माग भइरहेको छ,’ उनले भने, ‘तर केन्द्रले अहिलेसम्म पठाएको छैन, मल कहिले आउँछ भन्ने कुनै सूचना पनि प्राप्त भएको छैन ।’

साल्ट ट्रेडिङमा हालसम्म दुई हजार ५९४ दशमलव ८० मेट्रिक टन युरिया भित्रिएकोमा सो मल सहकारीलाई वितरण भइसकेको उनले बताए । जम्मा युरियामध्ये एक हजार ३९५ मेट्रिक टन मल धनगढी, ८३९ मेट्रिक टन कञ्चनपुर र ३०० मेट्रिक टन पहाडी जिल्लामा पठाइएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

मधेस प्रदेशसभाः सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा), मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहनुभएको...

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।     बेलबासका स्थानीय ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलनको सुरु

महेन्द्रनगर (धनुषा), नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन जनकपुरधाममा आजदेखि सुरु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साहले सम्मेलनको उद्घाटन गर्नुभयो । नगरप्रमुख साहले युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा र सकारात्मक परिवर्तनमा जेसिजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जनकपुर जेसिजले समाजमा चेतना...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा,  शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९