सयौं वर्ष पछि बर्दगोरिया ३ मा झोलुङ्गे पुल बन्यो (भिडियो सहित)

  • बर्दगोरिया ३ र ४ जोड्ने काँडा नदीमा झोलुङ्गे पुलको उद्घाटन
  • कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ र ४ स्थित बुटकौवा र नौनियाँ सीमानामा रहेको काँडा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरिएको छ । कुल १ सय ५.४० मी लम्बाइ रहेको छ भने चौडाइ १ मिटर २० सेन्टी रहेको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ । ११८७ घरधुरी रहेको रानीकुण्डा, खैरेनी र बुटकौवा वडा नं ३ मा अन्य वडाका गाउँ र बजार जोड्ने पुल नहुँदा बर्खायाममा स्थानीय तथा विद्यार्थीलाई निकै समस्या थियो । पुल निर्माण भएपछि सम्पूर्णमा खुसियाली छाएको छ । विशेषगरी विद्यालय जाने आउने विद्यार्थीलाई झोलुङ्गे पुल नहुँदा समयमै विद्यालय आवतजावतमा निकै समस्या परेको थियो । एकसयभन्दा बढी विद्यार्थीले साइकल खोला पारि नै राख्ने गरेका थिए । पुल निर्माण भएपछि स–साना बालबालिकालाई पनि विद्यालय आउन/जान सहज भएको अभिभावक बताउँछन् । बर्दगोरिया गाउँपालिकाको १३ प्रतिशत , संघीय सरकारको ८५ प्रतिशत र २ प्रतिशत जनश्रमदानबाट गरि ९८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको हो ।

    पुल क्षेत्रगत कार्यक्रमको स्थानीयवासी योगदानअन्तर्गत केन्द सरकारबाट ७७ लाख २३ हजार ६ सय ४७ रूपैयाँ ८२ रूपैयाँ बर्दगोरिया गाउँपालिकाबाट १२ लाख ८३ हजार ८ सय ९९ रूपैयाँ ४८ पैंसा झोलुङ्गे पुल क्षेत्र गत कार्यक्रममा ६ लाख ७१ हजार २ सय ७९ रूपैयाँ ५७ पैंसा बराबरको समुदायको श्रमदान र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको केन्द्रीय योगदानबाट १ लाख ९७ हजार ५ सय २३ रुपैया र जम्मा ९८ लाख ७६ हजार १ सय ४९ रूपैया ८७ पैंसा रहेको उक्त पुलको सम्झौता २०७८ साल ९ महिना ११ भएको थियो भने सम्पन्न मिति २०८० साल १ महिना ११ गते सम्म थियो झोलुङ्गे पुल निर्माण कार्य समय अवधिभन्दा तीन महिनाअगावै सम्पन्न भएको छ । पुल निर्माण उपभोक्ता समितिका कोषाअध्यक्ष लोकेन्द्र न्यौपानेको अध्यक्षतामा भएको पुलको उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले ब्यानर पढेर र रिबन काटेर पुलको उद्घाटन गरेका थिए।

    कार्यक्रममा अध्यक्ष कुँवरले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने पनि बताए। पुल अभावका कारण ३ नम्बरबासीहरु बर्सादमा निकै समस्यामा पर्दै आएका थिए । जोखिम मोलेरै नदी पार गर्दा कतिपयले ज्यानै समेत गुमाएका छन् । पुल नहुँदा आकस्मिक बिरामी, विद्यार्थी, कर्मचारी, सेवाग्राही तथा गर्भवती महिलाहरू बढी मारमा परेका थिए । अव भने वडा नम्बर ३ बासी सँगै मोहन्याल गाउँपालिकाका नागरिकहरूलाई समेत आवागमनमा सहज हुने भएको छ । श्री सुदुरपश्चिम समुदायीक विकास मञ्च धनगढी कैलाली (FCBF) नेपालले सामाजिक तथा प्राविधिक संहयोग गरेको नौंनिया बुटकौवा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष लोकेन्द्र न्यौपानेले वैज्ञानिक मिडियालाई जानकारी दिनुभयो ।

    भिडियो सहित 

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?