कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय दुर्गौली कैलालीमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोह विच भब्यताको साथ सञ्चालन गरिएको छ । कार्यक्रम दुर्गौली बजार स्थित होटल स्मार्ट क्याफेको सभाहलमा ३५ जना समुह अध्यक्षहरुको समुपस्थितिमा सम्पन्न गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नयन देवकोटाले वित्तीय संस्थाले प्रदान गरेको वर्तमान सेवा सुविधा, कर्जा तथा बचत परिचालन सम्वन्धि थप व्यवस्था तथा वित्तीय साक्षरता सम्वन्धि विषयमा सहजिकरण गर्नुभएको थियो । शाखामा भएका कुल १२५ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्यलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि नयन देवकोटाले बताउनु भयो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख श्री सरिता कुमारी विष्टले स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रममा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङ्ग संग सम्वन्धित विषयमा अनुगमन अधिकृत श्री महेश ओझाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम निता देवी बमको सभावतित्वमा सञ्चालन भएको थियो ।


































































































































































