
महोत्तरी, ३ नेपाल पत्रकार माहासंघ महोत्तरी साखाले सन्जित मण्डलले निकालेको विज्ञप्तिलाइ लिएर आपत्ती जनाएको छ । माहासंघको लेटरहेड दुरुपयोग गर्दै कार्यसमितिको निर्णयको विरुद्ध निकालेको प्रेस विज्ञप्ति भ्रमपुर्ण र गैरकानुनी भएको माहासंघले ठहर गरेको हो । कार्यसमितिले २ दिन अगाडि बैठक बसेर नयाँ सदस्यता र नविकरणको लागि अपिल गर्ने निर्णय गरेको थियो । सोहीअनुसार २ फाल्गुनदेखि ९ फाल्गुनसम्म नयाँ सदस्यता र नवीकरणको लागि आवेदन दिन समयसीमा निर्धारण गरिसकेको छ । यही विचमा कार्यसमितिको सहसचिवसमेत रहेका मण्डलले अध्यक्ष, उपाध्यक्ष, सचिवको अनुमती विना नया सदस्यता स्थगित भएको आज नै विज्ञप्ति निकालेका छन् ।
माहासंघको आधिकारिक ब्यक्तीको अनुमती विना लेटरहेड र छापको दुरुपयोग गर्दै सदस्यता दिने प्रक्रिया स्थगित भएको विज्ञप्ति माहासंघसगँ समबन्धित नभएको बताउँदै सचिव राजकरण महतोले पूर्णत: गैरकानुनी भएको बताए ।’हामी भोलि नै बैठक बसेर यस विषयमा कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल गर्नेछौं,’ उन्ले भने, ‘पूर्वअध्यक्ष कमलेश मण्डल स्थानिय निर्वाचनमा उमेदवारी बनेपछि उनी विधाननुसार अध्यक्ष पदमा रहेनन् । सोहीबेलादेखि नै माहासंघलाई कसरी असफल वनाउने भन्ने विषयमा मण्डल पक्ष लाग्नुभएको छ ।’
कमलेश मण्डल अध्यक्षबाट बर्खास्त बनेपछि वरिष्ठ उपाध्यक्ष सुनिता बरालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी थिइन् ।विधाननुसार नै मण्डल बर्खास्त भएता पनि मण्डल पक्षका सन्जित मण्डलसहितका ब्यक्तिहरूले उन्लाई पुनःस्थापनाको माग गर्दै आएका थिए । पटक-पटक कार्यसमितिको बैठक बोलाउँदा पनि मण्डल पक्ष सहभागि नभएपछि बहुमतले सदस्यता र नवीकरण खुलाउने निर्णय गरेको उपाध्यक्ष सुनिता महतोले बताइन् ।