कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ४ मुडामा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति कुवँरले विद्युत सहकारी संस्थालाई विभिन्न खण्डमा आवश्यकता परे अनुसार सहयोग गर्ने संस्थाको लागि टाँसफमर सहयोग गर्ने र पूर्व पश्चिम राजमार्गको हाइवे सडक क्षेत्रमा हाई मास्टर्स लाइट लगाउन पहल गर्ने समेत बताउनु भयो । त्यस्तै विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरी(लालदीप) रहनुभएको थियो।
संस्थाका अध्यक्ष देवानन्द जैशीले आर्थिक वर्ष २०७८/०७९ को करिब ४६ लाख ३० हजार ९ सय ९७ रुपैँया ६५ पैंसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै कार्यक्रममा संस्थाले उपस्थित सम्पूर्ण अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। 
सोही कार्यक्रममा पूर्व अध्यक्ष सुलील शाही, पूर्व उपाध्यक्ष शिवराज सापकोटा, पूर्व सचिव जगत वहादुर शाही र संचालक समितिका सदस्य स्वर्गीय मन बहादुर साउँदको छोरालाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो। संस्थामा रहेका सम्पूर्ण सेयर सदस्यहरुलाई सी •एफ •एल • चिम सहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा सहकारी शाखा बर्दगोरिया गाउँपालिका प्रमुख झबिराज ओझा, सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका संस्थापक अध्यक्ष घमन सापकोटा,साना किसान कृषि सहकारी संस्थाका संचालक समितिका सदस्य तेज प्रताप मल्ल, मुडा बजार विकास समितिका वरिष्ठ उपाध्यक्ष मंगन चौधरी,महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत कुमार शाही, असल महिला कृषि सहकारी संस्थाका अध्यक्ष पार्वती साउँद, सुन्दरपुर ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष सुमन ओली, डफ युवा क्लवका अध्यक्ष घनश्याम कुंवर, हिमालय युवा क्लवका अध्यक्ष विकास गाैतम, छतीवन सामुदायीक वन उपभोक्ता समूहका सचिव लाहानु कठरिया, जगनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश डगौरा, सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाका पुर्व अध्यक्ष जनक साउँद,पूर्व अध्यक्ष भक्त राज आचार्य,पूर्व अध्यक्ष सुशील शाही, पुर्व उपाध्यक्ष शिवराज सापकोटा,समाजसेवी बुद्धिजिवी मिन बहादुर बम,लक्षमण सापकोटा, जगराम चौधरी, हर्क बहादुर साउँद,युवा समाजसेवी देवेन्द्र शाही र बुद्ध चिल्ड्रेन एकेडेमीका बुद्ध राम चौधरी लगायतका अतिथिहरु रहनु भएको थियो ।
संस्थाका उपाध्यक्ष दिल वहादुर सापकोटाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ट संचालक समिति सदस्य लाल बहादुर विश्वकर्माले गर्नुभएको थियो। हाल सम्म उक्त संस्थामा ६१६ जना शेयर सदस्यहरु रहेका छन् ।
संस्थाको रिक्त रहेको पदमा एक जना सचिव र दुई जना सदस्य सर्व सहमत चयन गरिएको छ ।
जसको सचिवमा महादेश चौधरी सदस्यमा जानकी बम र राजु चौधरीलाई सदस्यमा निर्वाचित हुनुभएको हो ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 






         
        
                                                
                                                
                                                
                                                
                                                
                                                



































                    
                    
                    
                    
                    




























































































































