नेशनल टिचिङ्ग इंग्लिश बोडिङ्ग स्कुलको प्रथम वार्षिक उत्सव सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा रहेको नेशनल टिचिङ्ग इंग्लिश बोडिङ्ग स्कुलको प्रथम वार्षिक उत्सव शनिबार रानीकुण्डामा सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच , नाटक अभिनय लगायतका विभिन्न कलाहरू देखाएका थिए I विभिन्न विधामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई पुरुस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र न्यौपानेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आतिथ्य रहनु भएकाको कार्यक्रममा विशिस्ट आतिथ्य बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवँरले जानेको कुरा व्यवहारमा उतार्न सके बोडिङ्ग स्कुलको स्तर स्वतः वृद्धि हुने बताउनु भयो। बाल विकासमा विशेष ध्यान दिन नसकेको कारण राम्रो जनशक्ति उत्पादन हुन नसकेको बताउनु भयो । विद्यार्थीको मनोविज्ञान अनुसारको पढाई गर्नु पर्ने समय आएको बताउदै विद्यार्थीको मनोभावना अनुसारको शिक्षा नै आजको अनावश्यक्ता रहेको बताउनुभयो।

 

शिक्षा मन्त्रालयले शिक्षा संग सम्बन्धीत सबै नियम कानुन तयार पारेको तर हरेक सामुदायीक र बोडिङ्ग स्कुल विध्यालयले बुझेर पनि व्यवहारमा लागु नगरेको कारण नेपालका सामुदायीक र बोडिङ्ग स्कुल विध्यालयको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा पुगेको भन्दै तत्काल त्यसपक्षमा ध्यान दिन विद्यालयलाई अनुरोध गर्नु भयो। बिश्वको शिक्षा सामुहिक उत्पादनतर्फ जादै गर्दा हाम्रो देश सामन्तबादी चिन्तन संस्कार र मनोबृत्तिबाट माथी नउठ्दा शिक्षामा आमूल परिवर्तन हुन नसकेको र कमिसन कै चक्करमा शिक्षा क्षेत्र रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सकोस् भनि शुभकामना दिनु भयो। स्थापना काल देखि केही समय सम्म विद्यालयमा भौतिक संरचना नहुंदा भुइँमा बोरा बिच्छाएर बढेको बाध्यता आजको दिनमा नरहेकोले अब अन्य कुरा लाई बिर्सेर गुणस्तरीय शिक्षामा नै केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो। नेपालका सामुदायीक र इंग्लिश बोडिङ्ग स्कुल विद्यालयहरुमा गुणस्तर खस्किदै जानु चिन्ताको विषय रहेको भन्दै त्यस तर्फ पालिका सुक्ष्मरुपले अध्ययन गरिरहेको र सुधार्नका लागि विद्यालय परिवार, शिक्षक/शिक्षिका सबै संग सहकार्य गरेर गुणस्तरीय शिक्षा दिनका लागि सधै तपाईहरु संंग हातेमालो गर्न तयार रहेको बताउनुभयो। हिजोका दिनहरूमा पर्याप्त भौतिक पूर्वाधारहरु नहुंदा विद्यार्थीहरु लाई पठनपाठनमा समस्या हुने गरेको त आज पर्यन्त भौतिक पूर्वाधारहरु हुँदा पनि शिक्षाको गुणस्तर चिन्ताजनक रहेको भन्दै सुधारगर्न आवश्यक रहेको र त्यो सुधार्नै शिक्षक/शिक्षिका, अभिभावक/विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सबैको जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य भिम बहादुर विश्वकर्मा,वडा सदस्य तथा न्यायिक पालिका सदस्य बसन्ती साउँद,वडा सदस्य भावना विक,वडा सदस्य राम बहादुर चौधरी, बर्दगोरिया प्राइभेट स्कुल एसोशेसनका अध्यक्ष प्रमोद मल्ल, जगदम्बिके भगवती माध्यामिक विद्यालयका शिक्षक शिवराज गाैतम, न्यू जोती आधारभुत विद्यालयका प्र अ नवराज टमट्टा, दनुवाफाँटा नमुना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेक राज जोशी,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लाल सिंह विश्वकर्मा, दोदोधरा गिरिनल्याड बोडिङ्ग स्कुलका प्रिन्सिपल तेज राज न्यौपाने,रानीकुण्डा खाने पानी सरसफाई उपभोक्ता समूहका अध्यक्ष टंक राज ओली,रानीकुण्डा स्वास्थ्य इकाईका प्रमुख भरत विक र के के युवा क्लवका महासचिव बसन्त ओली लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षिका रचना राष्कोटीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शिखर विकले गर्नु भएको थियो । वार्षिक उत्सवमा हास्यव्यंग्य कलाकार राजेश सापोटा,देउडा गायक शम्शेर धामी र लोक तथा दोहोरी गायक दीपक बुढा क्षेत्रीको वेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा भाग्यसाली चिठ्ठा कक्षा ३,४ र ५ कक्षाका विद्यार्थीहरुलाई चिठ्ठा विभिन्न विद्यार्थीहरुले तानेका थिए । प्रथम, द्वीतृय र तृतीय हुनेलाई कापी, कलम,झोला, चाउचाउ ,नेपालको झ्ण्डा, विस्कुट, जेमेटी बक्स,र नगद पुरस्कार विभिन्न खेलका साम्रगी प्रदान गरिएको थियो । कार्यक्रममा वाक्लो रूपमा अभिभाबकको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।...

सहकारीद्वारा मकैको पीठो बजारीकरण

गुल्मी, यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो । बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका...

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गर्नु भएको छ ।राष्ट्रपति सीले यस वर्षको सुरुदेखि नै चीन र रूसले उच्च–स्तर र उच्च–गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य...

बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

चितवन, सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन्...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९