कैलाली। नेकपा(एकीकृत समाजवादी) निकट पेशागत महाँसंघ कैलालीको अध्यक्षमा गौरी प्रसाद नाथ चयन भएका छन् ।
शनिबार धनगढीमा भएको अधिवेशनले नाथको नेतृत्वमा १३ सदस्यीय कमिटी चयन गरेको हो ।
अधिबेशन बाट उपाध्यक्षमा सिंह, सचिवमा चक्र कुन्जेडा, कोषाध्यक्षमा कविता कुँवर, सदस्यमा मिना रावल, गोपाल सोडारी, लगाएतकालाई निर्विरोध चयन भएका छन् ।
पार्टीका केन्द्रीय सदस्य प्रदेश उपसचिव तथा प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीको प्रमुुख आतिथ्यतामा भएको अधिवेशनमा पेशागत महाँसंघ उपमहासचिव तथा पार्टीका केन्द्रीय सदस्य पुर्णा जोशी, पुुर्व प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरी, एकीकृत कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य जयदेव जोशी, डा कविन्द्र चन्द, लगाएतकाले मन्तव्य राखेका थिए । गौरीनाथको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चक्र कुुन्जेडाले गरेका थिए । अधिवेशनमा सेवा निवृत प्रेम ठगुन्ना र तारा तामागंलाई सम्मान समेत गरीएको थियो ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                


































                    
                    
                    
                    
                    



























































































































