बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ

सरोकारवाला मुख दर्शक,  पत्रकारलाई धरपकड

कैलालीको बर्दगोरिया गाउँपालिकामा एन.आर.सी.ट्रेडिङ नाम गरेको एक नेटवर्किङ व्यवसायको कार्यालय सञ्चालनमा छ । यो केन्द्रीय कार्यालय हो भने सुदूरपश्चिमका बाकी ८ जिल्ला सहित कोहलपुर, सुर्खेत र दैलेखमा गरी थप १० वटा शाखाहरू समेत सञ्चालनमा छन् । कार्यालयका कर्मचारीहरूले दैनिक आवश्यक पर्ने बस्तुको खरिद बिक्री गरेको दाबी गर्छन् तर निश्चित मूल्य नतिरी बस्तु खरिद गर्न पाइँदैन । सामान खरिद गर्न अनिवार्य रूपमा सदस्यता लिनै पर्ने हुन्छ । उनीहरूले ५ हजार देखी २० हजार सम्मका विभिन्न स्किम राखी व्यापार गर्ने गरेका छन् । उनीहरूले बस्तु खरिद पछि आम्दानी गर्न दायाँ/बायाँ थप एक/एक जनालाई बस्तु खरिद गराउनु पर्ने बाध्यता हुन्छ । यो क्रम अर्कोमा पनि लागु हुन्छ । जसको स्वरूप पिरामिड शैलीको हुन्छ । जबकि कानुनले यस्तो व्यापारलाई बन्देज गरेको छ ।

बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ को दफा ११ मा पिरामिड शैलीको व्यापार गर्न नहुने व्यवस्था छ । दफा ११ मा वस्तु खरिद गर्नु पूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनु पर्ने अवस्था भएको सञ्जाल युक्त कार्य तथा एक बस्तु खरिद गर्दा अन्य बस्तु समेत एकमुष्ट प्याकेजमा खरिद गर्नु पर्ने सञ्जालयुक्त कार्यलाई नेटवर्किङ व्यवसायका रूपमा परिभाषित गरेको छ । ऐनमा भएको व्यवस्था विपरीत कार्य गर्ने बिक्रेता वा वितरकलाई सरकारले ५ लाख रुपैयाँ सम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

करोडौँको राजस्व छली

यस आर।एन।सी। ट्रेडिङ बर्दगोरियाका व्यवस्थापक भीम ऐरीको कुरालाई आधार मान्ने हो भने यस कार्यालयबाट मात्रै करिब २ हजार जनाले अनिवार्य सदस्यता लिएका छन् । यसमा स्थानीयको सङ्ख्या भने अति न्यून छ अथवा छैन नै भन्दा पनि फरक नपर्ने अवस्थाको छ ।

अधिकांश मात्रामा बाहिरी जिल्लाबाट तालिम लिन यहाँ आउने गरेका छन् । संस्थाले बाहिरी जिल्लाबाट आउनेहरूबाट आवासका लागी १० हजार रुपैयाँ अनिवार्य रूपमा उठाउने गरेको छ । भने प्रायले १० हजार रुपैयाँ तिरेर सदस्यता लिएका छन् । यसलाई आधार मान्दा औषधमा एक जनाले २० हजार रुपैयाँ संस्थालाई बुझाएको आकलन गर्न सकिन्छ ।

२ हजार जनाले २० हजारका दरले संस्थालाई रकम बुझाउँदा करिब ४ करोड रकम सङ्कलन हुने देखिन्छ । अनिवार्य सदस्यता लिने भन्दा रिटेलमा बढी सामान बिक्री हुने कार्यालयको दाबी छ । यसको अर्थ उसले थप रकमहरू समेत आम्दानी गर्छ । यस्तै अवस्था थप १० वटा शाखाको पनि हो ।

खरिदकर्ताबाट करोडौँ रकम सङ्कलन गर्ने गरेको यस कार्यालयले राज्यलाई कर भने तिर्दैन । नत खरिदकर्ताको २० हजार रुपैयाँ बैङ्क मार्फत लिन्छ नत करको दायरमा आएको छ । व्यवस्थापक ऐरीका अनुसार उनीहरूले होस्टेल समेत सञ्चालन गरेका छन् । बाहिरी जिल्लाबाट आउनेहरू ३ महिना देखी एक वर्ष सम्म पनि यसै कार्यालयको होस्टेलमा रहेर काम गर्न सक्छन् । तर होस्टेल सञ्चालनको कानुनी प्रक्रिया भने पुरा गरेका छैनन् अथवा दर्ता बिनै होस्टेल चलाएका छन् । जसबाट ठुलो मात्रामा राजस्व छली भएको छ ।

सरोकारवाला मुख दर्शक

बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ विपरीत यस आर।एन।सी। ट्रेडिङले खुल्लेयाम नेटवर्किङ कारोबार त गरिरहेको छ नै उसले ठुलो मात्रामा राजस्व पनि छली गरेको छ । तर यस विषयमा सरोकारवाला भने मुख दर्शक छन् ।

स्थानीय सरकार छ, नजिकै प्रहरी छ, इलाका प्रशासन कार्यालय पनि नजिकै छ तर यस व्यवसायका बारेमा सबै मुख दर्शक छन् । बेला बेला सञ्चार माध्यमहरूमा यसबारे समाचार प्रसारण तथा प्रकाशन पनि हुँदै आएको छ । पत्रकारको चासो बन्ने गरेको यो विषय सरोकारवालाहरूको चासो भने अझै बन्न सकेको छैन । कसैलाई जानकारी नभएको त कसैले उजुरी नआएको भन्दै पन्छिने गरेका छन् ।

पत्रकारलाई धरपकड र धम्की

यस कार्यालयको विषयमा व्यापक गुनासो आए पछि सोमबार हामी केही पत्रकार साथीहरू त्यस कार्यालयमा पुग्यौ । जहाँ प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको प्रहरी टोली समेत सोही स्थलमा थियो ।

पत्रकार लोकु सिंह ठकुरी, रमेश बम, खेम ढुङ्गाना, टीकाराम साउँद र तपेन्द्र ढुङ्गाना त्यहाँ थियौ । पत्रकारलाई देखेपछि केही स्थानीयहरूले आफ्ना प्रतिक्रिया राखे । कार्यालयमा प्रहरीले कागजात चेकजाँच गर्दै गर्दा म्यानेजर भीम ऐरी त्यहाँ पुगे । तालाबन्दी गर्ने को हो भन्दै पत्रकार सँग जङ्गिन थाले । हामीले तालाबन्दी बारे आफूलाई थाहा नभएको भन्दै परिचय दियौ । एक छिन शान्त भएका ऐरी प्रहरीको सोधपुछमा फेरी कड्किए । तपाईँलाई हामीले नचिनेको हो । तपाई सिस्टमको कुरा गर्नु हुन्छ ? उनी निरन्तर बोले,… जागिर खान कोही न कोही त चाहिन्छ नि हैन । हामी पनि बिजनेस प्लान अनुसार सिस्टममा राख्छौ । तपाईँको के बिग्रेको छ र ?

भीम जी, तपाईँले बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ को व्यवस्था विपरीत काम गर्नु भयो नि रु म (लोकु सिंह ठकुरी) बोले । तपाईँलाई मैले पहिला पनि भनेको हैन र ? उनले प्रश्न गर्दै भने,… तपाईँले त हामीलाई गलत भनेर समाचार लेख्नु भयो । हाम्रो कमजोरी मात्र देख्ने र ? काम गर्ने मान्छेको खुट्टा तान्ने र ? उनी अझ उग्र भए,… मा कसम म मात्र होइन म जस्ता हजार भीम छन् । ध्यान दिनु जतीबेला जे पनि हुन सक्छ । मर्न र मार्न पछि पर्दैनौ हामी । मेरो मौनताले उनलाई अझै शक्ति दिएछ क्यारे । पर्स राख्ने खल्तीमा धाप मार्दै बोले, हामीलाई रोक्न पिछोडामे दम हे र ? उनको यो हर्कत पहिलो भने होइन ।

यस अघि रिपोर्टिङमा जाने साथीहरू सँग पनि उनले यस्तै हर्कत गर्थे क्यारे । कार्यालयबाट सबै जना तल झर्दै गर्दा उनका सयौँ डिस्ट्रब्युटरहरु नजिक आए र मनोमानी बोल्दै थिए । सर सर अघिको भिडियो डिलिट गर्न भन्नुस् न । हाम्रो बारेमा नराम्रो बोलेको छ क्या । एक बहिनीले पत्रकार टिकाराम साउँदले वैज्ञानिक मिडियाको पेजबाट गरेको लाइभ भिडियो देखाउँदै भनिन । सबैले हो मा हो मिलाए । एक छिन त आर।एन।सी हाई हाई भन्दै नारा पनि लगाए । त्यसपछि ऐरी थप भावुक बने र एकोहोरो समाचार हाल्ने भन्दै कड्किए । उनले आफू भन्दा तल्लो तहको कर्मचारी जस्तै गरी निर्देशनात्मक रूपमा लाइभ भिडियो तत्काल डिलिट दबाब दिए ।

मैले (लोकु सिंह ठकुरी) भिडियो डिलिट गर्ने कुरामा असहमति जनाउँदै बरु खण्डन गर्नुस् हामी भिडियो लिन्छौ र प्रसारण गरिदिन्छौ भने । आफ्ना सयौँ डिस्ट्रीब्युटरलाई आफू तिर बोलाउँदै उनले म मात्र किन बोल्ने यी सबै बोल्छन् । आर।एन।सी। राम्रो छ भन्छन् त्यो पनि प्रसारण गर्नुस् भन्दै निर्देशन शैलीमा बोले । अनुशासनहीन शैलीका उनका डिस्ट्रीब्युटरका क्याउ क्याउ अर्कोतिर थियो ।

मैले टिकाराम साउँदलाई ऐरीको भिडियो लिन आग्रह गरे उनले ऐरीको चाहाना अनुसार नै सबैको भिडियो खिचे । आउँ जाम भन्दै म हिँडे तर उनलाई अघि लाइभ भिडियो डिलिट गर्न भन्दै पुनः दबाब दिन थालेछन् । कतिपयले धरपकड गरेछन् । कतिपयले मोबाइल त कतिपयले मोटरसाईल नै नियन्त्रणमा लिएछन् । कतिले त खप तपाई देखाउँछु भन्दै ज्यान मार्ने धम्की समेत दिएछन् ।

डिस्ट्रब्युटर भन्छन्: तिमी जिम्मा लिन्छौ ?

आर।एन।सी।का कारण अहिले बर्दगोरियाका हाइवेमा रमाइलो छ । साँझ बिहान कमिलाको ताती झैँ लामो लाइन देखिन्छ । लाईको बारेमा बुझ्न खोज्दा कोही बोल्न मान्दैनन् । तर आज बोले । उनीहरूले कस्तो तालिम पाएका हुन कुन्नि आफ्नो भविष्यबारे सोच्नुस् हामी ठिक छौ । हाम्रो बारेमा बा आमा त सोच्दैनन् तपाई को हो र ? प्रश्न गर्दै थिए ।

सायद हामी उनीहरूले भविष्यमा भोग्नु पर्ने खतराका बारेमा संकेत गर्दै थियौ । उनीहरूलाई ऐन नियम कानुन पनि केटाकेटीको खेलौना झैँ लाग्छ । सायद सिकाउँछन् होला पनि त्यस्तै । तपाईँहरू ठिक हुनुहोला की तर ऐन विपरीतको काममा तपाईँहरू संलग्न हुनुहुन्छ नि रु मैले भने । कानुन सानुन हामीलाई मतलब छैन । हामीले आर.एन.सी.बाट लाखौँ कमाएका छौ । रोजगार पाएका छौ । हामीलाई कसरी कसले हटाउँछ हेरौँ नि हामी पनि । हामी बेरोजगार भए पनि के तपाईँले जिम्मा लिने हो । हामी सबै तपाईँको घर घेर्न जान्छौ ।

व्यवस्थापकको भ्रम: हाम्रो कारोबार वैधानिक हो

आर।एन।सी ट्रेडिङ बर्दगोरियाका व्यवस्थापक भीम ऐरले आफ्नो कम्पनीले गर्ने कारोबार वैधानिक भएको दाबी गरेका छन् । उसो त उनको मनको कुरा नै उनको लागी कानुन हो । सरकारले भनेर हुन्छ । त्यसो भए हामी कानुन मान्दैनौ ।

उनी भन्छन्,… हामीले जे कारोबार गरेका छौ त्यो सही छ । ऐन विपरीत भए पनि सही छ । यतीलाई रोजगारी दिएका छौ कसरी गलत हुन सक्छ रु अरूले पनि त गरेका छन् । तपाई हामी तिर मात्रै किन लाग्नु हुन्छ रु हामीले सामान बेचेका हौ अरू के गरेका छौ र रु १० हजार लिन्छौ सामान दिन्छौ त्यसपछि त हाम्रो सम्बन्ध सकियो नि । तर सामान किन्दा जोडिएको सम्बन्ध नेटवर्किङको बारेमा नबुझ्दा सम्म, लगानी नडुब्दा सम्म तथा थप सदस्यहरू पाइरहँदा सम्म पनि टिकी नै रहने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९