बझाङमा मनाइयो भकुण्डे जात्रा

बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको केन्द्रविन्दुमा पर्ने थलिजिउलामा लाग्ने भकुण्डे जात्रा सम्पन्न भएको छ ।

हरेक वर्ष फागुन १६ गते नौविसबासीले विधिवत् रुपमा मनाईदै आएको भकुण्डे जात्रा सम्पन्न मंगलबार सम्पन्न भएको हो ।

फागुन १६ गते बिहानै छबिसपाथिभेरा गाउँपालिका-६ स्थित लेकगाउँमा रहेको बाठपाला देवताको मन्दिर, दैपाणमा पुजाआरधनापछि सुरु हुने उक्त जात्रा दिउँसो बाठपाला मन्दिरबाट ड‍ोला लिएर थलि दुर्गा मन्दिर पाङ्गरजडी मठमा डोला पुर्‍याइ पुजाआरधना गरिन्छ ।

त्यस्तै आजै दुर्गाथलि गाउँपालिका-५ सैनमा रहेको पन्यास्वाडा मन्दिरमा नौविसका चारै गाउँबाट दुध संकलन गरि सोही ठाउँमा भोग वा राइसो पकाएर त्यहाँबाट भाग्रेको कपडाले लपेटेर ल्याइ थलि दुर्गा पाङ्गरजडी मन्दिर मठमा चढाउने चलन रहेको स्थानीय जानकार धनबहादुर बुढाले बताए ।
निराहार वर्तबसेर यसरी दुर्गादेवी र बाठपाला देवताको पुजा आरधना गर्दा असत्यको हार, सत्यको जित हुने , दु:खको सुखसयल हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
त्यसकारण फागुन १६ गतेका दिन थलि दुर्गा पाङ्गरजडी मन्दिर मठमा दुर्गादेवीका आलीपाली भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।

उक्त मन्दिरमा पुजाआरधना सकिएपछि छबिस पाथिभेरा गाउँपालिकाको लेकगाउँ ल्वाडा र दुर्गाथलि गाउँपालिकाको सैनाल र पसेली बिचमा भकुणडो खेल्ने प्रचलन रहेको छ ।

मैकासुर दानबलाई मारेर त्यसैको शिर काटेर भकुण्डो बनाइ खेलेर विजयी उत्सव मनाएको सम्झनामा भकुण्डे जात्रा मनाइदै आएको बुढाको भनाइ छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?