बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नवराज टमट्टाको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहेका थिए । यस्तै,कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्मा बिशिस्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका न्यायकपालिका सदस्य बसन्ती साउँद,वडा सदस्य राम बहादुर चौधरी,भावना विक र कपिल गुरुङ्ग,जगदम्बिके भगवती माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका आत्माराम रिजाल, न्यू जोती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान वहादुर विक,जगदम्बिके भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर खड्का, बसन्त मुरारी नमूना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टक कुँवर ,जगदम्बिके भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश चौधरी,रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष टंक राज ओली, न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र न्यौपाने,राम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष शिव राज गाैतम,साइनिङ्ग स्टार युवा क्लवका वरिष्ट उपाध्यक्ष गणेश विक, के के युवा क्लवका अध्यक्ष शिखर विक,लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम बहादुर कुँवर,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लाल सिंह विश्वकर्मा, दानुवा फाटा नमूना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेक राज जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ को कुल १९ लाख ६३ हजार १ सय ३८ रुपैयाँ ८ पैंसा आयब्यय र आर्थिक वर्ष २०७८/७९ को कुल २३ लाख ५३ हजार ५ सय ९८ रुपैयाँ ६ पैंसा आयब्यय सस्थाका लेखा समिति सदस्य गणेश विकले प्रस्तुत गरेका थिए। यस्तै वर्षभरी नियमित विद्युत महसुस बुझाउने ग्राहकलाई सीएफएल चिम वितरण गर्ने व्यवस्था मिलाइएको थियो तर संस्थामा आर्थीक अभावका कारण वितरण गर्न नसकिएको संस्थाले जनाएको छ ।
संस्थाका उपाध्यक्ष नन्द राम विष्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन उपभोक्ता तथा साइनिङ्ग स्टार युवा क्लवका अध्यक्ष भेष राज जैशीले गरेका थिए । संस्थामा अहिले सम्म ८९० उपभोक्ता रहेका छन् ।



















         
        
                                                
                                                
                                                
                                                
                                                
                                                


































                    
                    
                    
                    
                    



























































































































