कैलालीको जोशीपुर गाउँपालिका- ७ हजारी बाघमा ठूलो दुर्घटना

  • कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु ३१ जना घाईते
  • कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु ३१ जना घाईते भएका छन् ।सोमबार साँझ लग भग ७ बजेको समयमा जोशीपुर गाउँपालिका वडा नं ७ हजारी बारामा से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा भजनी नगरपालिका वडा नं ९ कुडीका स्थानीयहरु ट्याक्टर दुर्घटनामा परी २ जनाको घटनस्थलमै मृत्यु भएको छ भने ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) कुलदीप चन्दले वैज्ञानिक मिडियालाई बताएका छन् । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखाल आफन्तको घरमा पासनी खाएर फर्किने क्रममा दुर्घटना भएको भजनी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सन्दिप चौधरीले बताएका छन् । ईलाका प्रहरी कार्यालय जोशीपुरका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुको उपचार गर्न बर्दगोरिया अस्पताल बौनिया र घोडाघोडी अस्पताल सुखड पठाएको छ। ट्याक्टर चालक फरार भएको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले हामीलाई दिएको जानकारी अनुसार 

    बर्दगोरीया अस्पतालमा उपचार भई रहेको 

    १.जिल्ला कैलाली भजनी न.पा.९ बस्ने बर्ष ७० की दोहती डगौरा ढाडमा चोट,अवस्था मध्यम ।

    २. बर्ष ७० की पेपी डगौरा खुट्टामा चोट –अवस्था मध्यम ।

    ३.वर्ष ५१ की ज्योती चौधरी बाया हातमा चोट –अवस्था मध्यम।

    ४. बर्ष ५१ की मगुली चौधरी दाया हात गाला चोट- अवस्था मध्यम।

    ५.बस्ने बर्ष ६५ की मेदी डगौरा छाती खुट्टामा चोट -अवस्था मध्यम ।

    ६.बस्ने बर्ष २५ की मधु चौधरी मुख दाया खुट्टामा चोट –अवस्था मध्यम।

    ७.बस्ने बर्ष ३० की रुपा चौधरी हात चोट- अवस्था मध्यम ।

    ८.निजको बर्ष छोरा ४.५ को हिमान्सु चौधरी मुखमा चोट –अवस्था मध्यम ।

    ९. वर्ष २८ की अनिता चौधरी घाटि बाया हातमा चोट –अवस्था मध्यम ।

    १०.निजको छोरा बर्ष ९ को रिदम चौधरी टाउकोमा चोट –अवस्था मध्यम ।

    ११.निजको छोरी बर्ष ३ की आरोही चौधरी टाउकोमा चोट –अवस्था मध्यम ।

    १२. बर्ष ५५ की तुन्नि चौधरी दाया हातमा चोट –अवस्था मध्यम ।

    १३.ओली चरण चौधरीको छोरा बर्ष ८ को रिवस चौधरी मुखमा चोट –अवस्था मध्यम ।

     

    घोडाघोडी अस्पताल सुखडमा उपचार भई रहेका घाईतेहरुः-

    १.जिल्ला कैलाली भजनी न.पा. ९ बस्ने बर्ष १६ को रोहन चौधरी हात खुट्टामा चोट- अवस्था सामान्य ।

    २. बर्ष ३९ की कृष्णी देवी डगौरा हात खुट्टामा चोट –अवस्था मध्यम ।

    ३. बर्ष १२ की रत्ना चौधरी कम्मरमा चोट –अवस्था सामान्य ।

    ४. बर्ष ४० की आशा देवी डगौरा कम्मरमा चोट –अवस्था सामान्य ।

    ५. बर्ष ४१ की सग्रामी चौधरी खुट्टामा चोट –अवस्था मध्यम ।

    ६. बर्ष १२ को बिपिन चौधरी कम्मरमा चोट –अवस्था सामान्य ।

    ७. बर्ष ३८ को फुलराम चौधरी खुट्टामा चोट –आवस्था सामान्य ।

    ८. बर्ष १० को सन्तोष चौधरी मुख घटिमा चोट –अवस्था मध्यम ।

    ९. बर्ष २२ की हिरा चौधरी घाटी कम्मरमा चोट- अवस्था मध्यम,(निजको साथमा ८ महिनाको छोरी चोट केही नभएको)

    १०. बर्ष ३० की रिता चौधरी सामान्य,

    ११. बर्ष १४ को क्षितिज चौधरी सामान्य,

    १२. बर्ष १३ को अमन चौधरी सामान्य,

    १३. बर्ष १२ की रिया चौधरी कम्मरमा चोट –अवस्था सामान्य ।

    १४. बर्ष ७ को बिरेन्द्र चौधरी अनुहारमा चोट –अवस्था सामान्य ।

    १५. बस्ने बर्ष ३१ की सानु चौधरी हातमा चोट –अवस्था सामान्य ।

    १६. बस्ने बर्ष ६ की अपेक्षा चौधरी सामान्य,

    १७. बर्ष ११ को राकेश चौधरी खुट्टामा चोट –अवस्था सामान्य ।

    १८. बर्ष ३ को सबिन चौधरी सामान्य ।

     

    घोडाघोडी अस्पतालमा मृत्यु हुने नामावली 

    १.जिल्ला कैलाली भजनी न.पा. ९ बस्ने बर्ष १४।१५ की चाहाना चौधरी ।

    २. बर्ष ४५।४६ की दिल रानी चौधरी ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?