बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकौवामा रहेको श्री न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लोकेन्द्र न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहेका थिए । यस्तै,बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका न्यायपालिका सदस्य बसन्ती साउँद र कार्यपालिका सदस्य भिम बहादुर विश्वकर्मा रहनु भएको थियो ।
कार्यक्रममा वडा सदस्य कपिल गुरुङ्ग र राम बहादुर चौधरी,शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्मा प्रसाद रिजाल,जगदम्बिके भगवती माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द बुढा क्षेत्री, दानुवा फाटा नमूना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेक राज जोशी,रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लाल सिंह विश्वकर्मा,के.के. युवा क्लवका अध्यक्ष शिखर विक, पञ्चकोशी कृषि सहकारी संस्थाकी अध्यक्ष दीपा थापा गुरुङ्ग,लेखा समितिका संयोजक बसन्त ओली, राधा कृष्ण मन्दिरका पूजारी आत्मा प्रसाद उपाध्याय,दनुवा फाटाका भल्भान्सा मसुरा डगौरा र भल्भान्सा सन्जु चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को कुल १० लाख ६३ हजार २ सय ८२ रुपैयाँ ५२ पैंसा आयब्यय अनुमोदन गरिएको छ । यस्तै वर्षभरी नियमित विद्युत महसुस बुझाउने ग्राहकलाई सीएफएल चिम वितरण गर्ने व्यवस्था मिलाइएको थियो तर कोरोना भाइरसका कारण वितरण गर्न आर्थीक अभावका कारण वितरण गर्न नसकिएको संस्थाले जनाएको छ ।
संस्थाका कोषाध्यक्ष जमुना नेपालीले स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन उपभोक्ता तथा के.के युवा क्लवका उपाध्यक्ष डम्मर जोशीले गरेका थिए । संस्थामा अहिले सम्म ३८० उपभोक्ता रहेका छन् ।साथै न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा बाट पद रिक्त रहेको भन्दै संस्थाले मसुरा चौधरीलाई संस्थाको उपाध्यक्ष, रतना बिष्टलाई सचिव र वीर बहादुर रानालाई सदस्य चयन गरिएको छ ।
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































