कैलाली। कैलालीको टीकापुर बहुमुखी क्याम्पसका बिद्यार्थी अनशनमा बसेका छन्। बिएएलएलबीका विद्यार्थीहरुले प्राध्यापक नहुँदा पढाइमा समस्या भएको भन्दै शुक्रवारबाट अनशनमा बसेको बताएका छन् । टीकापुर बहुमुखी क्याम्पसका बिएएलएलबी पहिलो र दोस्रो सेमेष्टरमा अध्ययनरत बिद्यार्थी कानून संकायको अध्यापन हुने भए पनि प्राध्यापक नभएको बताए।
टीकापुर बहुमुखी क्याम्पसमा कानून विषय शिक्षा संकायका प्राध्यापकहरू पढाउने गरेको विद्यार्थीहरूले बताएका छन्। आफूहरूलाई केन्द्रीय क्याम्पस महेन्द्रनगर र कैलाली क्याम्पसमा अध्ययन गर्ने वातावरण मिलाउनुपर्ने माग गरेका छन्। उनीहरुले विभिन्न जिल्लाबाट पढ्न आएका विद्यार्थीको भविष्यमाथि खेलबाड भएको बताउँदै समस्या समाधान गर्नुपर्ने बताएका छन् । टिकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अमृता विश्वकर्माले भनिन्, म थड सेमेस्टरमा पढछु, हामि यता कानुन पढन लागेको १ वर्ष भयो । आजसम्म हामीलाई पढाउने एक जना पनि बिएएलएलबी गरेको शिक्षक नरहेको अवस्था रहेको छ, उनले भनिन् । क्याम्पस प्रसासनले बिगत १ वर्ष देखि शिक्षक ल्याउने कुरामा आस्वासन दिने काम मात्र भइरहेको छ उनले भनिन् । अझ पनि हाम्रो मागलाई सामान्य रूपमा लिइरहेको उनको गुनासो छ ।
यता क्याम्पस प्रमुख केशर बहादुर कुँवरले यता क्याम्पस प्रमुख केशर बहादुर कुँवरले प्राध्यापकका लागी माग गरिएपनी पद पुर्ती हुन नसकेको बताए । यस्का लागी हामी प्रयासरत रहेको उनले बताएका छन् । सम्बन्धित निकाएको तत्काल ध्यान तत्काल ध्यान जाओस विद्यार्थी माथि खेलबाड गर्न पाइँदैन टीकापुर बहुमुखी क्याम्पस :
निम्न उल्लेखित मागहरु राख्दै टिकापुर बहुमुखी क्याम्पस कानुन संकायका विद्यार्थीहरु अनशनमा बसेका छ्न । मागहरु पूरा नहुँदा सम्म अनशन जारी रहने उनीहरुको भनाई छ । हम्मिलाई जानकारी प्राप्त भए अनुसार अनशन बसिरहेका केही विद्यार्थी बिरामी समेत परेका छ्न ।
मागहरु :
(1) कम्तिमा सेलेबसमा उल्लेख भएका किताबहरु भएको पुस्तकालय होस ।
(2) स्नातकोत्तर गरेकोले मात्र पढाउन पावस ।
(3) सामान्य प्रथामिक उपचारको प्रबन्ध होस ।
(4 )मुटकोट हल व्यवस्था होस।

































































































































































