कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा अवस्थित जगदम्विके भगवती माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल गठन गरिएको छ ।
विद्यार्थीहरुलाई पढाई सङ्गै मानव सेवामा समेत प्रेरित गर्ने उद्देश्यका साथ उक्त युवा रेडक्रस सर्कल गठन गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर खड्काले बताए ।
बालबालिकाहरु विद्यालयको समय भन्दा अन्य समयमा नकारात्मक कार्यमा संलग्न नहुन र उक्त समय मानव सेवा खर्च गरुन भन्दै समिति गठन गरेको बताए ।
जसको अध्यक्षमा रेखा थापा, उपाध्यक्षमा दिपक बिक, सचिवमा पुनम रावल, कोषाध्यक्षमा हिमाल गौतम, उपसचिवमा खगेन्द्र जैशी , उपकोषाध्यक्षमा साहिल चौधरी,सदस्यहरुमा राहुल दमाई,सुमित्रा गौतम,युना खत्री,हेमन्ती बुढा र दिर्घ प्रसाद भन्डारी गरि ११ सदस्यीय कमिटी गठन गरिएको छ ।
यस्तै युवा सर्कलका संरक्षक विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर खड्का, शिक्षक नायक गणेश बहादुर ऐर र सहयोगी शिक्षक नायक नसिब चौधरी रहेका छन ।






























































































































































