वडाध्यक्ष आचार्यले सार्वजनिक गरे प्रगति विवरण, एक वर्षमा के–के भए काम?

कैलाली । स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि चुनिएका जनप्रतिनिधिको एकवर्षे कार्यअवधि पूरा भएको छ । २०७९ वैशाख ३० मा दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । जनप्रतिनिधिको एकवर्ष सिकाइमै बितेको छ । काम गर्दै, सिक्दै गरेको र गर्ने क्रममा केही गल्ती भएपनि आगामी दिनमा सुधारसहित जनहितमा काम गर्ने उनीहरूको प्रतिबद्धता छ ।

स्थानीय सरकारमा प्रत्यक्ष जनतासँग नजिक रहेर वडाअध्यक्षले काम गर्दछन् । गाउँ, समुदायको विकासका लागि वडाध्यक्षको कार्य सम्पादनमा प्रत्यक्ष संलग्नता र कार्यकारी भूमिका रहन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार निर्वाचित हरेक वर्ष वडास्तरमा भएका विकास निर्माणका योजनाको सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । तर, प्रत्येक आर्थिक वर्षमा गाउँसभा अगावै जनप्रतिनिधिहरुले सार्वजनिक सुनुवाइ नगरि पदभार ग्रहण गरेकै दिनलाई आधार मानेर प्रगति विवरण सार्वजनिक गर्ने नयाँशैली अपनाउन थालेका छन् ।

कैलालीको बर्दगारिया–३ का वडाध्यक्ष मनऋषि आचार्यले एकवर्षे अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमार्फत् उनले चालू आर्थिक वर्ष २०७९÷०८० को बैशाखसम्ममा वडाभर सञ्चालन भएका स्थानीय तह, प्रदेश र संघीय सरकारबाट विनियोजित बजेट योजनाको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रगति सार्वजनिक गर्दै वडाध्यक्ष आचार्यले एक वर्षमा वडामा भौतिक पूर्वाधार विकासमा उल्लेख्य काम भएको बताए । उनले २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनमा आफू निर्वाचित भएपछि भौतिक पूर्वाधार विकासमा लक्ष्यअनुरुप उपलब्धि हासिल भएको दाबी गरेका छन् ।

 

१३ लाख बढी राजस्व संकलन

 

स्थानीय तहमा आर्थिक कारोबारमा एकरुपता र पारदर्शीता ल्याउन अनलाइन प्रणालीमार्फत् भुक्तानी गरिन्छ । वडाध्यक्ष आचार्यका अनुसार बर्दगोरिया–३ को कार्यालयबाट चालू आर्थिक वर्ष २०७९÷०८० मा रु १३ लाख १८ हजार १ सय ३४ आन्तरिक राजश्व संकलन भएको छ ।

राजश्व दाखिलातर्फ बैशाख मसान्तसम्म एकीकृत सम्पत्ति करमा रु १ लाख ५० हजार २ सय ७४, अन्य विविध करमा रु २ लाख ९४ हजार ८ सय ६० गरी कुल रु ४ लाख ४६ हजार १ सय ३४ आन्तरिक आम्दानी भएको छ ।

यस्तै, ढुङ्गा, बालुवा, गिट्टी लगायत नदीजन्य पदार्थको रोयल्टीतर्फ रु ८ लाख ७२ हजार संकलन भएको छ ।

वडा कार्यालयमा पँुजीगततर्फ विनियोजित कुल रु ३० लाखको विभिन्न १२ वटा शीर्षकका योजनामध्ये २ वटा योजना निर्माणाधीन अवस्थामा रहेको र १० वटा योजना सम्पन्न भइसकेका छन् ।

बर्दगोरिया गाउँपालिकाबाट विनियोजित विभिन्न १० वटा योजनामध्ये वडा नं. ३ र ४ जोड्ने झोलुङ्गे पुल रु ५५ लाख, कुहिरा नदी तटबन्ध रु २० लाख, वर्थिङ सेन्टर निर्माण तथा विद्युत लाइन विस्तार रु ९ लाख ९० हजार निर्माण सम्पन्न भइसकेका छन् ।

आरोमा वेथलियम चर्च रु १० लाख, प्रतिक्षालय निर्माण रु ४ लाख र वडा कार्यालयको प्रशासनिक भवन रु ६४ लाखको योजना निर्माणाधीन अवस्थामा छन् ।

त्यस्तै, प्रदेश तथा संघीय सरकारबाट विनियोजित विभिन्न ८ वटा शीर्षकका योजनामध्ये ४ वटा योजना निर्माण सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार विकासतर्फ जगदम्बिके भगवती माविको भवन रु ३५ लाख, रिङरोड रु ६ करोड, वडा कार्यालय भवन रु ५० लाख, वडा नं. ३ र २ बर्दगोरिया धाम जोड्ने झोलुङ्गे पुल रु २ करोड २० लाख र काँडा नदी तटबन्ध रु ३० लाखको योजना निर्माणाधीन अवस्थामा छन् ।

प्रदेश र संघीय सरकार अन्तर्गत विनियोजित रानीकुण्डा डिप बोरिङ्ग रु १ करोड, पशुपति युवा क्लबको भवन रु २० लाख, वडा नं. ३ र ४ जोड्ने रु ४२ लाख बजेटको झोलुङ्गे पुल निर्माण योजना सम्पन्न भएका छन् ।

प्रशासनिक कार्य विवरणमा नागरिकता सिफारिस १६५, घरबाटो सिफारिस २२, चारकिल्ला प्रमाणित ५३, नाता प्रमाणित ४५, अंशियार सगोल प्रमाणित २५, अन्य सिफारिस १ हजार १ सय र निवेदन दर्ता ६६ वटा छन् ।

सो अवसरमा वडाध्यक्ष आचार्यले जननिर्वाचित प्रतिनिधि सबैको साझा व्यक्ति हुने भएकाले कुनै आग्रह पूर्वाग्रही नराखी पक्ष, प्रतिपक्ष सबैलाई समान दृष्टिकोण राखिएको बताए ।

विकास निर्माणमा सबैको हातेमालो र साथ आवश्यक रहेको औंल्याउँदै उनले गाउँ, टोल, समुदायको आवश्यकता र मागबमोजिम टोलबस्तीबाट छनोट भई आएका आयोजनालाई प्राथमिकता दिएको बताए ।

वडामा ठूलो आकारको बजेट रकम नहुने हुँदा यसअघिका आयोजनालाई पूर्णता दिने र नयाँ दीर्घकालीन महत्वका योजनालाई कार्यान्वयन गर्दै लैजानै उनको भनाइ छ । वडामा साना टुक्रे योजनालाई एकीकृत गरी दीगो विकासका योजनामा लगानी लगाउने र अनुगमन तथा निगरानी कडाई गरिने उनले प्रतिबद्धता जनाए । उनले निर्धारित सम्झौता अवधिमै काम सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिको पनि विषेश भूमिका रहने बताउँदै यसले भ्रष्टाचार न्यूनिकरण, शुसासन, पारदर्शीता ल्याउन र बजेट फ्रीज हुन रोक्न सकिने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ, कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो ।   प्राकृतिक रूपमा उत्पादन...

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती,  चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ ।     दुवै शीर्षकसहित बाँडफाँट...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन,  चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ,  हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ ।नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९