वडाध्यक्ष आचार्यले सार्वजनिक गरे प्रगति विवरण, एक वर्षमा के–के भए काम?

कैलाली । स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि चुनिएका जनप्रतिनिधिको एकवर्षे कार्यअवधि पूरा भएको छ । २०७९ वैशाख ३० मा दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । जनप्रतिनिधिको एकवर्ष सिकाइमै बितेको छ । काम गर्दै, सिक्दै गरेको र गर्ने क्रममा केही गल्ती भएपनि आगामी दिनमा सुधारसहित जनहितमा काम गर्ने उनीहरूको प्रतिबद्धता छ ।

स्थानीय सरकारमा प्रत्यक्ष जनतासँग नजिक रहेर वडाअध्यक्षले काम गर्दछन् । गाउँ, समुदायको विकासका लागि वडाध्यक्षको कार्य सम्पादनमा प्रत्यक्ष संलग्नता र कार्यकारी भूमिका रहन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार निर्वाचित हरेक वर्ष वडास्तरमा भएका विकास निर्माणका योजनाको सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । तर, प्रत्येक आर्थिक वर्षमा गाउँसभा अगावै जनप्रतिनिधिहरुले सार्वजनिक सुनुवाइ नगरि पदभार ग्रहण गरेकै दिनलाई आधार मानेर प्रगति विवरण सार्वजनिक गर्ने नयाँशैली अपनाउन थालेका छन् ।

कैलालीको बर्दगारिया–३ का वडाध्यक्ष मनऋषि आचार्यले एकवर्षे अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमार्फत् उनले चालू आर्थिक वर्ष २०७९÷०८० को बैशाखसम्ममा वडाभर सञ्चालन भएका स्थानीय तह, प्रदेश र संघीय सरकारबाट विनियोजित बजेट योजनाको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रगति सार्वजनिक गर्दै वडाध्यक्ष आचार्यले एक वर्षमा वडामा भौतिक पूर्वाधार विकासमा उल्लेख्य काम भएको बताए । उनले २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनमा आफू निर्वाचित भएपछि भौतिक पूर्वाधार विकासमा लक्ष्यअनुरुप उपलब्धि हासिल भएको दाबी गरेका छन् ।

 

१३ लाख बढी राजस्व संकलन

 

स्थानीय तहमा आर्थिक कारोबारमा एकरुपता र पारदर्शीता ल्याउन अनलाइन प्रणालीमार्फत् भुक्तानी गरिन्छ । वडाध्यक्ष आचार्यका अनुसार बर्दगोरिया–३ को कार्यालयबाट चालू आर्थिक वर्ष २०७९÷०८० मा रु १३ लाख १८ हजार १ सय ३४ आन्तरिक राजश्व संकलन भएको छ ।

राजश्व दाखिलातर्फ बैशाख मसान्तसम्म एकीकृत सम्पत्ति करमा रु १ लाख ५० हजार २ सय ७४, अन्य विविध करमा रु २ लाख ९४ हजार ८ सय ६० गरी कुल रु ४ लाख ४६ हजार १ सय ३४ आन्तरिक आम्दानी भएको छ ।

यस्तै, ढुङ्गा, बालुवा, गिट्टी लगायत नदीजन्य पदार्थको रोयल्टीतर्फ रु ८ लाख ७२ हजार संकलन भएको छ ।

वडा कार्यालयमा पँुजीगततर्फ विनियोजित कुल रु ३० लाखको विभिन्न १२ वटा शीर्षकका योजनामध्ये २ वटा योजना निर्माणाधीन अवस्थामा रहेको र १० वटा योजना सम्पन्न भइसकेका छन् ।

बर्दगोरिया गाउँपालिकाबाट विनियोजित विभिन्न १० वटा योजनामध्ये वडा नं. ३ र ४ जोड्ने झोलुङ्गे पुल रु ५५ लाख, कुहिरा नदी तटबन्ध रु २० लाख, वर्थिङ सेन्टर निर्माण तथा विद्युत लाइन विस्तार रु ९ लाख ९० हजार निर्माण सम्पन्न भइसकेका छन् ।

आरोमा वेथलियम चर्च रु १० लाख, प्रतिक्षालय निर्माण रु ४ लाख र वडा कार्यालयको प्रशासनिक भवन रु ६४ लाखको योजना निर्माणाधीन अवस्थामा छन् ।

त्यस्तै, प्रदेश तथा संघीय सरकारबाट विनियोजित विभिन्न ८ वटा शीर्षकका योजनामध्ये ४ वटा योजना निर्माण सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार विकासतर्फ जगदम्बिके भगवती माविको भवन रु ३५ लाख, रिङरोड रु ६ करोड, वडा कार्यालय भवन रु ५० लाख, वडा नं. ३ र २ बर्दगोरिया धाम जोड्ने झोलुङ्गे पुल रु २ करोड २० लाख र काँडा नदी तटबन्ध रु ३० लाखको योजना निर्माणाधीन अवस्थामा छन् ।

प्रदेश र संघीय सरकार अन्तर्गत विनियोजित रानीकुण्डा डिप बोरिङ्ग रु १ करोड, पशुपति युवा क्लबको भवन रु २० लाख, वडा नं. ३ र ४ जोड्ने रु ४२ लाख बजेटको झोलुङ्गे पुल निर्माण योजना सम्पन्न भएका छन् ।

प्रशासनिक कार्य विवरणमा नागरिकता सिफारिस १६५, घरबाटो सिफारिस २२, चारकिल्ला प्रमाणित ५३, नाता प्रमाणित ४५, अंशियार सगोल प्रमाणित २५, अन्य सिफारिस १ हजार १ सय र निवेदन दर्ता ६६ वटा छन् ।

सो अवसरमा वडाध्यक्ष आचार्यले जननिर्वाचित प्रतिनिधि सबैको साझा व्यक्ति हुने भएकाले कुनै आग्रह पूर्वाग्रही नराखी पक्ष, प्रतिपक्ष सबैलाई समान दृष्टिकोण राखिएको बताए ।

विकास निर्माणमा सबैको हातेमालो र साथ आवश्यक रहेको औंल्याउँदै उनले गाउँ, टोल, समुदायको आवश्यकता र मागबमोजिम टोलबस्तीबाट छनोट भई आएका आयोजनालाई प्राथमिकता दिएको बताए ।

वडामा ठूलो आकारको बजेट रकम नहुने हुँदा यसअघिका आयोजनालाई पूर्णता दिने र नयाँ दीर्घकालीन महत्वका योजनालाई कार्यान्वयन गर्दै लैजानै उनको भनाइ छ । वडामा साना टुक्रे योजनालाई एकीकृत गरी दीगो विकासका योजनामा लगानी लगाउने र अनुगमन तथा निगरानी कडाई गरिने उनले प्रतिबद्धता जनाए । उनले निर्धारित सम्झौता अवधिमै काम सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिको पनि विषेश भूमिका रहने बताउँदै यसले भ्रष्टाचार न्यूनिकरण, शुसासन, पारदर्शीता ल्याउन र बजेट फ्रीज हुन रोक्न सकिने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा...

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा...

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

सिमकोट (हुम्ला), जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९