सुस्ता गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निर्माण गरिने स्थानियहरू संग राय सुझाव संकलन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि स्थानीयवासीसँग सुझाव संकलन गरेको छ ।

 

आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि गाउँसभाले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे सरोकारवालाहरूसँग नीति कार्यक्रम तथा बजेट सम्बन्धि राय सुझाव लिएको गाउँपालिका अध्यक्ष टेक नरायण उपाध्यायले बताउनुभएको हो ।

 

आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि सुस्ता गाउँपालिका भित्र रहेका दलिय प्रतिनिधी,अगुवा किसान,बुद्धिजीवी र शिक्षक लगायतका प्रतिनिधिहरुसँग गाउँपालिकाले सुझाव लिएको हो ।

 

गाउँपालिकाबासीबाट प्राप्त महत्वपूर्ण राय ,सुझावहरुलाई प्राथमिकताको आधारमा समावेश गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

गाउँपालिकाबासीको अपेक्षा धेरै तर पालिकाको स्रोतसाधन सीमित भएकोले सोच अनुसारको काम गर्न समस्या रहेको अध्यक्ष उपाध्यायकाे भनाई थियो । आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई महत्व दिदै दीर्घकालिन हितका योजना बनाउने उहाँले उल्लेख गर्नुभयो । आम नागरिकको भावनालाई समेटेर नै पालिकाले नीति तथा कार्यक्रम ल्याउने उहाँको भनाई थियो ।

 

त्यस्तै गाउँपालिका उपाध्यक्ष गिता चाैधरीले आगामी वर्षको नीति तथा कार्यक्रममा पालिकाबासीबाट प्राप्त सुझावलाई नै आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । उहाँले पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै संघ र प्रदेश सरकारसँगको सहकार्यमा बजेट निर्धारण गरिने जानकारी दिनुभयो ।

 

राय सुझाव तथा अन्तरक्रिया कार्यक्रममा पशुपालन कृषक अगुवा नवीन डुम्रेले बिशेष गरि सुस्ता गाउँपालिकालाई पशुपालन पकेट क्षेत्र निर्धारण गरेर निति तथा कार्यक्रम ल्याउनु पर्ने राय सुझाव दिएका छन् ।

 

त्यस्तै गरि केरा किसान संघका अध्यक्ष लख्खु प्रसाद यादवले भारतबाट आयात हुने कृषि सामाग्रीलाई केहि हदसम्म रोक लगाउने र सुस्ता गाउँपालिका भनेको केरा पकेट क्षेत्र रहेको हुदा मल खाद्यको अभावले केरा किसानमा निराशा छाउन लागेको हुदा मलखाद व्यवस्थापन तर्फ निति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव व्यक्त गरेका छन् ।

 

त्यसैगरी नेपाली काङ्ग्रेसका सुस्ता गाउँपालिका सभापति रबिन्द्र कुमार बनियाले भुजा जस्तो बजेट बिनियोजन गर्न भएन र सुस्ता गाउँपालिकालाई समृद्व सुस्ता र सुखी सुस्ता बनाउन आम नागरिकको राय सुझाव लिएर अघि बढ्न सुझाव दिएका थिए ।

 

सो राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा जसपाका प्रतिनिधि नन्दलाल गुप्ता,राप्रपा प्रतिनिधि प्रदीप जंग राणा,दिर्घजिवी पोख्रेल,रास्वापाका प्रतिनिधि शिव गैरे र बिनोद बनिया लगायतले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता राखेर निति तथा कार्यक्रम ल्याउनु पर्ने राय सुझाव दिएका थिए ।

 

प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले समुदायको अपेक्षा अनुसारका नीति तथा कार्यक्रम ल्याउनका लागि नै राय सुझाव संकलन गरिएको बताउनुभयो ।

 

कार्यक्रममा सहभागि सरोकारवालाहरुले कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, खानेपानी, सडक पूर्वाधार, समावेशीकरण, भ्रष्टचार निर्मुलीकरण, सञ्चार, वन, वातावरण, पर्यटन लगायतका क्षेत्रमा दीर्घकालिन प्रभाव पर्ने खालका योजनाहरु ल्याउन सुझाव दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान

टोकियो,  (रासस/एएफपी) : जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग माग्नुभएको छ । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताउनुभयो ।   सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु...

‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन

काठमाडौँ,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा आज दल दर्ताका लागि निवेदन दिएको छ । आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको निवेदन दिनुभएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान

टोकियो,  (रासस/एएफपी) : जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग माग्नुभएको छ । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताउनुभयो ।   सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट (बागलुङ),  काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।   तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण...

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी,  जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।   खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९