कर्णालीको बजेटमा यस्ता छन् उद्योग र वन तथा स्वास्थ्यका योजनाहरू

सुर्खेत, १ असार ।  कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक बजेट तथा कार्यक्रममा उद्योग र वन सम्बन्धी योजनालाई समेटिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा पुराना केही योजनाको निरन्तरता दिँदै नयाँ योजनाहरु समेटिएको हो ।महिला आर्यआर्जन विकासका लागि ७ करोड रुपैँया विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम गरिने छ । भौगोलिक पहिचानसाग जोडिने उद्योग सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । प्रदेशको औद्योगिक ऐन तजुर्मा गरिने भएको छ । साथै, एक जिल्ला एक उत्पादन, सिपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गरिने बताइएको छ । रैथाने उत्पादनको बजारीकराणका लागि कोशेली तथा सौगात घर स्थापना र अनलाई सौगात डट कम सञ्चालन गरिने भनिएको छ ।विशिष्टकृत वस्तुको उत्पादन प्रशोधनका लािग प्राविधिक सहयोग उपलब्ध गराउने प्रत्येक जिल्लामा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ । वन वातावरण तथा जलाधार व्यवस्थापनका लागि दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । लेक तथा पाटन संरक्षण विशेष कार्यक्रम, जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय नीति कार्यन्वयन, वृक्षारोपण योजनालाई विस्तार गर्ने, समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत औषधीय र जडिबुटीयोग्य प्रशोधन कार्यक्रम सञ्चालन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए ।यस्ता छन् वार्षिक बजेटमा समेटिएका स्वास्थ्य योजना  वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमा सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने बताइएको छ ।

 

प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ भने शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ । सल्यान, रुकुम पश्चिम, डोल्पा र दैलेकखमा स्वास्थ्य सम्बन्धी निर्माणाधीन बहुवर्षिय पूवाृधार निर्माणका लागि ३१ करोड विनियोजन गरिएको छ । कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शैय्या अस्पताल बनाइने । सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरिउको छ ।सुत्केरी पोषण कार्यक्रम, पोषिलो पिठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य विमा कार्यक्रम, विपन्नलाई प्रेषणमा यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै, बजेटमा मृगौला डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अतिआवश्यक औषधीको सहज आपुर्ति हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको छ ।यसैगरी महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाईने । खोप अभियानलाई तिव्र बनाई आर्थिक वर्ष २०८०/८१ मा प्रदेशलाई पूर्ण खोप घोषणा गरिने बताइएको छ । साथै, महिला स्वास्थ्य स्वंयम्सेविकालाई वार्षिक १० हजार रुपैँया प्रोत्साहन भत्ता दिईने भएको छ । सामुदायिक स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्न २ करोड विनियोजन गएिको छ । आयुर्वेद उपचारलाई अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढिकरण गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

लिस्वन (पोर्चुगल),  पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ’कन्सुलर सेवा प्रदान गरेको छ ।   दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविरको आयोजना गरेर सो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी...

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

वालिङ (स्याङ्जा),  स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो ।       सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व, हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।     बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ...

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

म्याग्दी,  मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।   मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

निर्वाचनका कारण फागुनको बृहत् स्वास्थ्य शिविर चैतमा सारियो

खोटाङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुन ८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९