अझै सुरु भएन सुक्खा बन्दरगाह निर्माणको काम

जलेश्वर (महोत्तरी), सदरमुकाम जलेश्वर नगरपालिका–१ मा किरानापसल सञ्चालन गर्दैआउनुभएका सरोज साह चार वर्ष अघि आफ्नै जिल्लाको मूलभन्सार कार्यालयमा सुक्खा बन्दरगाह निर्माण हुने भएपछि हौसिनु्भएको थियो । ठूलो परिमाणमा भारत तथा तेस्रो मुलकसँग व्यापार व्यवसाय गर्नका लागि आवश्यक सुविधा तथा व्यवस्था ‘‘सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी आफ्नै जिल्लाको मूल भन्सारमा उपलब्ध हुने भन्दै उहाँ खुसी हुनुभएको हो । तर अहिलेसम्म पनि सो कार्यको सुरुआत नहुँदा साह निराश हुनुहुन्छ ।

 

जलेश्वर–३ स्थित मलिवाडामा चार वर्ष अघि नै सुक्खा बन्दरगाह निर्माण हुने भनिएको थियो । तर अझै सो कार्यको सुरुआत भएको छैन । नेपालको उत्तरी तथा दक्षिणी दुवै छिमेकी राष्ट्रबाट हुने अन्तरदेशीय तथा तेस्रो मुलुकबाट हुने व्यापारका लागि जलेश्वर–३ मलिवाडास्थित मुख्यभन्सार नाकामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण प्रक्रिया सुरु हुन सकेको छैन् ।

 

आर्थिक वर्ष २०७९÷८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन् २०२७ सम्म योजना सम्पन्न गर्ने लक्ष्यसहित जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो । तर त्यस निर्माण कार्यको प्रक्रिया अझै अघि बढ्न नसक्दा महोत्तरीसहित यस भन्सारबाट नजिक रहेका अन्य जिल्लाका व्यवसायी पनि दुःखी एवं निराश भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार छिमेकी राष्ट्र भारतको बिहार राज्यको सीतामढी जिल्लाको भिठ्ठामोड सहरमा भारतीय पक्षले जग्गा अधिग्रहण गरी पर्खाल र केही भौतिक संरचना पनि निर्माण गरिसकेको छ । तर, नेपालतिर अहिले पनि सो निर्माण प्रक्रिया सर्वेक्षणमै सीमित रहेकोप्रति चिन्ताव्यक्त गर्नुभयो ।

 

जलेश्वर भन्सार नाकामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण अलपत्र परेको विषय महोत्तरीमा प्रत्येक निर्वाचनको बेला सबै उम्मेदवारको साझा मुद्दासमेत बन्ने गरेको छ । जलेश्वर– ३ मलिवाडामा सुक्खा बन्दरगाह निर्माणका लागि ६५ बिघा जग्गा उपलब्ध गराउने प्रयास भएको छ । यसका लागि इन्टर मोडेल यातायात विकास समितिले गत साउनमै तयार पारेको सर्वे रिपोर्ट उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगको बताइएको छ ।
जलेश्वर भन्सार महोत्तरी र धनुषाको प्रमुख नाकासमेत भएकाले व्यापारीले तेस्रो मुलुकसँगको व्यापार पनि यसै भन्सारबाट हुनुपर्ने माग गर्दैआएका छन् । भारतको राजधानी नयाँदिल्ली र व्यापारिक सहर कोलकाता यहाँबाट नजिक भएकाले जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह निर्माण आवश्यक छ । जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि भारतसहित तेस्रो मुलुकसँगको आयात सहज हुने र यसै बन्दरगाहबाट यस क्षेत्र तथा पायक क्षेत्रको उत्पादन निर्यात गर्न पनि सरल एवं सहज हुने व्यापारी बताउँछन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९