प्रहरीद्वारा कार र मोटरसाइकल सहित १२ लाख भन्दा बढीको मुल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी पश्चिम नवलपरासीको परासी स्थित रामग्राम नगरपालिका वडा न.५ बाईपास चाेकमा विशेष सुचनाकाे आधारमा भारतबाट नेपालतर्फ ल्याउदै गरकाे अबैध मालसामान सहित कार र माेटरसाईकल प्रहरीले नियन्त्रणमा लिएकाे छ । माेटरसाईकल र कार चालक जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडान. ४ बस्ने वर्ष ४५ को अमित कुमार श्रीवास्तव सहित प्रहरीले नियन्त्रणमा हो ।

 

उक्त अबैध सामान कार तथा कार चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा महेसपुर पठाइएको साथै माेटरसाईकल चालक फरार रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले बताउनुभयो । माेटरसाईकलमा बोईलर कुखुरा १४ जिउ २८ किलो साथै भारतीय नम्बर प्लेट को युपी ५६ पी ८५५६ मोटरसाइकल १ थान र प्रहरीले चेकजाँच गर्दा कारबाट बरामद भएको साडी १६ पिस ,कुर्ता सुरवाल १३० पिस ,टप्स १८८ पिस र लु ३ च ७७७ नम्बरको सिएलटी कार १ थान रहेको थियो ।

 

उक्त मोटरसाइकलको मुल्य १५ हजार र कारको मुल्य १० लाख बराबर रहेको छ । मालसामान सहित जम्मा मुल्य १२ लाख ११ हजार ४ सय बाराबरकाे अबैध मालसामान सहित माेटरसाईकल र कार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षक चाेप बहादुर के.सीकाे कमान्डमा खटिएको प्रहरी टाेलीले नियन्त्रणमा लिएकाे सुचना अधिकारी पाण्डेले जानकारी दिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?