राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौँ, एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज राजकुमार विकले चित्रकलामार्फत सहअस्तित्वको खोजी गर्नुभएको छ ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा आज काठमाडौँमा कलाकार विकले एकल चित्रकला प्रदर्शनीमार्फत ‘सह–अस्तित्व’को खोजी गर्नुभएको हो ।

 

प्रतिष्ठानको सभाहल नक्सालमा सहअस्तित्व नामक प्रदर्शनीको नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य हरिप्रसाद भुसाल र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । प्रतिनिधिसभा सदस्य भुसालले आफू पनि कला क्षेत्रसँगै जोडिएको व्यक्ति भएकाले समाजसँग जोडिएको विषय आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले प्रदर्शनीमा राखिएका कलामा रङ र आकृति मात्र नभई मानवीय आवाज, संवेदना प्रकट भएको बताउनुभयो ।

 

प्रदर्शनीमा राखिएका कलाकार विकका चित्रहरु जातीय विभेदविरुद्धको सशक्त आवाज बनेर उभिएको उहाँको भनाइ छ । चित्रमा दलित समुदायमाथि हुने थिचोमिचो, उनीहरुका पेसा र जीवनशैलीहरु समावेश छन् ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार राजकुमार विकले समाजमा छुवाछूतविरुद्धको अनुभूतिगत भाव सन्देशात्मक अभिव्यक्ति आफ्ना चित्र, रचनाहरूमा गरेको बताउनुभयो ।

 

उहाँले विकले विभेदको मुद्दालाई आफ्नो विषय बनाएर सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको अभियान आफ्ना रचनाहरूमा थाल्नुभएको धारणा राख्नुभयो ।प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले हाम्रा मौलिक, रैथाने शिल्पज्ञान कला, सीप सिर्जनालाई प्रवद्र्धन तथा संरक्षण गर्न अपरिहार्य रहेको बताउँदै राजकुमार विकका कलामा मौलिकताका साथ प्रकृति, संस्कृति तथा समाजको चित्रण भएको बताउनुभयो ।

 

उहाँले समाजमा उत्पीडनमा परेका समुदायका विषयलाई केन्द्रीकृत गर्दै सामाजिक जागरण, सचेतना विषयलाई राजकुमार विकले आफ्नो कलामा उठाउनुभएको धारणा राख्नुभयो । कलाकार राजकुमार विकले कलाको विषयगत धरातलमा शोषित तथा उत्पीडित समुदायका कथा र अनुभूतिलाई रङ र ब्रसका माध्यमबाट क्यानभासमा जीवन्त बनाउँदै यस प्रदर्शनीमार्फत श्रमचेतना, सामाजिक जागरण र सचेतनालाई अझ सशक्त ढङ्गबाट उठान गरेको बताउनुभयो ।

 

प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले ६१औँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भ पारेर यस किसिमको कार्यक्रम गरिनुले समाजमा सहअस्तित्व र समानताका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 

प्रतिष्ठानका लुम्बिनी प्रदेश समन्वय समिति संयोजक तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावलाई जोड्दै कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

 

सामाजिक सचेतनामा यस कार्यक्रमले विशेष अर्थ राख्ने विचार राख्नुभयो । पूर्वसचिव डा मानबहादुर विकले देशका विभिन्न भागमा छरिएर रहेका प्रतिभाहरूलाई खोजी गरी तिनका कलालाई मूलधारमा ल्याउन प्रतिष्ठानले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।यही चैत १० गतेसम्म चल्ने प्रदर्शनीमा उहाँका ३५ कलाकृति राखिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९