काठमाडौं, १२ असार । सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाइ नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...



































































































































































