काठमाडौं, १२ असार । सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाइ नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।
घोडाघोडी (कैलाली), अध्यात्म र समाजसेवामा क्रियाशील सन्त निरङ्कारी मिसनले नेपालमा पहिलो पटक प्रादेशिक नारी सङ्घ समागम आयोजना गर्ने भएको छ । नारी शक्तिमार्फत समाजमा शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यका साथ सुदूरपश्चिम र मधेस प्रदेशमा यही चैत १३ गते तथा कर्णाली र कोशी प्रदेशमा...



























































































































































