काठमाडौं । पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६, कालीखोला पुल नजिक शनिबार अपराह्न पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ । पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले बताए । पहिरो पन्छाएर सडक सञ्चालन गर्न समय लाग्ने शाहको भनाइ छ ।


































































































































































