सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा

  • चितवन, २८ असार: बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उहाँका उर्जाशील धेरै समय पनि चितवनै बित्यो । बाहिर चर्चा निकै कम भए पनि सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रचण्डलाई सफल बनाउन सीता दाहालको भूमिका महत्वपूर्ण थियो । चितवन सीताका लागि माइति र घर

 

दुवै थयो । यस हिसाबले उहाँ चितवनको छोरी मात्रै होइन बुहारी र आमा पनि हुनुहुन्थ्यो । दाहालकी माईली छोरी रेनु दाहाल यतिबेला भरतपुर महानगरपालि प्रमुख हुुनुहुन्छ । विसं २०११ साल असार २१ गते कास्कीको हेम्जामा (हालको पोखरा महानगरपालिका वडा नं. २५) मा जन्मिनु भएकी सीता छ वर्षको उमेरमा बुबाआमासँगै चितवन झर्नुभयो । पटिहानीको सुन्दरबस्तीमा उहाँहरु बसोबास गर्नुभयो । नजिकै शिवनगरको भीमसेन नगरका पुष्पकमल दाहालसँग उहाँको २०२६ सालमा विवाह भयो । तत्कालिन समयमा

 

 

दाहाल प्रवेशिका परीक्षा मात्रै दिनुभएको थियो । सीताका भाई हेमराज पौडेलका अनुसार बिसं २०३० सालमा प्रचण्ड गोरखा पढाउन जाँदै गर्दा सीता भने सासुससुरासँगै भीमसेननगरमै रहनुभयो । पौडेलका भनाइमा २०३० सालदेखि ३८ सालको बीचमा तीन छोरी र एक छोरालाई उहाँले जन्मदिनुभयो । पौडेलले भन्नुभयो “यही समयमा भिनाजु प्रचण्ड अर्धभूमिगत भएपछि निकै संघर्षका साथ दिदीले भान्जाभान्जी हुर्काउनुभयो ।” घरका सासु ससुरासँगै माईतकी आमाको सहयोगले छोरीछोरी हुर्काउन उहाँले सक्नुभयो

 

। संघर्षकै क्रममा २०४२ सालतिर प्रचण्ड परिवार काठमाडौँमा बस्न थाल्यो । माईली छोरी रेनु भने दुई वर्षको उमेरदेखि एसएलसीसम्मको पढाइ नसकिँदासम्म मामाघरमै बस्नुभयो । ललितपुरको पाटन, गोङ्गबुलगायतका क्षेत्रमा भाडाका घरमा सङ्घर्षका साथ दिदीले भान्जाभान्जी हुर्काएको पौडेल स्मरण गर्नुहुन्छ । “धनसम्पत्ति आर्जनगर्नेतर्फ कहिल्यै ध्यान नदिने सीता सर्वहारा वर्गको हितका लागि जहिल्यै पनि लाग्नुपर्छ भन्नुहुन्थ्यो”, पौडेलले स्मरण गर्दै भन्नुभयो, “दिदीले कहिल्यै आफ्नो दुःख सम्झनुभएन । सधैं

 

 

सर्वहारा वर्ग र महिलाका हकहितका पक्षमा कुरा गर्नुहुन्थ्यो ।” जीवनको उत्तराद्र्धमा सीतालाई बुबाआमा बसेको र आफू हुर्किएको सुन्दर बस्तीमा घर बनाएर बस्न मन थियो । भान्जा भान्जीका लागि जग्गा पनि दिएको भन्दै पौडेलले पछि आफ्नै पैत्तृक सम्पत्तिमा घर बनाए पनि दिदी बस्न नपाउनु भएको बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं. १४ भीमसेन नगरमा दाहाल परिवारले घर बनाएको छ । अघिल्लो निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएपछि आफ्नै गृहजिल्लालाई राजनीतिक थलो बनाउन

 

 

चाहेर घर बनाइएको थियो । श्रीमती सीताको इच्छा समेत पूरा गर्दै नयाँ घर बनेपनि सीताले उक्त घरमा जम्मा तीन रात मात्रै बिताउन पाउनुभयो । पौडेलले भन्नुभयो “घर बनाउने दिदीको ईच्छा पूरा भएपनि बस्ने ईच्छा पूरा हुन पाएन ।” देश र विदेशले प्रचण्डलाई चिन्दै गर्दा सीतालाई धेरै कमले चिने । तर, चिन्नेहरु उहाँसँग निकै निकट भएको देखिन्छ । विस २०५३ मा माइली छोरी रेनुसँग विवाह बन्धनमा बाँधिनु भएका अर्जुन पाठक सीता आमाले तल्लो वर्गका नागरिकको पक्षमा लाग्न सबैलाई प्रेरणा दिने गरेको स्मरण गर्नुहुन्छ

 

। आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै नलाग्ने सीताले जनताको अधिकार प्रत्याभूतिका लागि सधैं लाग्न उत्प्रेरणा दिने गरेको उहाँको भनाइ छ । संविधानसभामार्फत् संविधान बनेपछि पनि संविधान प्रदत्त अधिकार आम नागरिकलाई दिलाउन लाग्न सबैसँग उहाँको आग्रह हुने गरेको पाठकले बताउनुभयो । सादा र सादगी जीवन बिताउनुहुने सीता हक्की स्वभावको हुनुहुन्थ्यो । प्रचण्डका बहिनी ज्वाई भक्तिराम अधिकारीले भन्नुभयो, “परिवारका सबैसँग उत्तिकै राम्रो सम्बन्ध दिदीले गर्नुहुन्थ्यो ।” परिवारको एउटा

 

 

मियोका रुपमा दिदी सीता रहेको अधिकारीले स्मरण गर्नुभयो । प्रचण्डलाई सफल बनाउनुको पछाडि सीताको महत्वपूर्ण साथ रहेको उहाँको बुझाइ छ । पछिल्लो एक दशक यता प्रचण्ड परिवारसँग निकट भएर काम गर्दै आउनु भएका पत्रकार सुरेशचन्द्र अधिकारीको बुझाइमा परिवारदेखि आम नागरिकसम्ममा सीताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पु¥याएको योगदान आफैमा महत्वपूर्ण छ । उहाँले भन्नुभयो, “आमा सीताले कहिल्यै कसैको कुभलो चिताउनु भएन ।” प्रचण्डले महत्वपूर्ण निर्णय गर्नुपर्दा सीताकै सुझाव लिने

 

गरेको अधिकारीको भनाइ छ । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असङ्ख्य पीडा सहन सक्ने महिला भएको अधिकारीको भनाइ छ । जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको उहाँका निकटस्थहरु बताउँछन् । विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो । जनयुद्धसँगै उहाँका धेरै समय नेपालका ग्रामीण क्षेत्रसँगै भारतीय भूभागमा पनि बितेका छन् । ती अतितका सङ्घर्षका समयलाई सामना गर्दै आफ्नो जीवनको उत्तराद्र्धसम्म उहाँ अविचलित रहनुभयो ।

 

पछिल्लो समय बिरामी भएपछि भने उहाँ थलिनु भएको थियो । दुई साताअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारिवारिक सन्दर्भका कुरा गर्दैगर्दा भन्नुभएको थियो “काठमाडौँबाट साँझ बिहान बुबाको फोन आउँदै गर्दा झसङ्ग हुने गर्दछ । कतै आमालाई केही भयो कि भनेर झस्काईरहन्छ ।” नभन्दै बुधबार विहान त्यही नमीठो खबर प्राप्त भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९