मासिँदै छन् प्राचीन पोखरी

लुम्बिनी, १२ साउन (रासस) ः मर्चवारी गाउँपालिका–२ अमवास्थित प्राचीन पोखरी लोप हुने अवस्थामा छ । लुम्बिनी प्रदेश सरकारको रु ३६ लाख अनुदान रकमबाट गाउँपालिकाले सो पोखरी (सगरा) पुरेर खेलमैदान निर्माणको क्रममा छ । तिलोत्तमा नगरपालिकाले मदरहनी गाउँको मध्यभागमा रहेको धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वको पानी पोखरीमा ११ नं वडा कार्यालयको भवन निर्माण गरी कार्यसञ्चालन भइरहेको अवस्था छ । कोटहीमाई गाउँपालिका–५ मझगावा मर्चवारस्थित प्राचीन पोखरी ओगटेर पूर्वतर्फ गाउँपालिकाको प्रशासनिक भवन, उत्तर बहुउद्देश्यीय सभाहल र दक्षिणतर्फ खानेपानी ट्याङ्कीलगायतको संरचना छ ।

 

सम्मरीमाई वडा नं ४ फरेनागाउँबाट उत्तरतर्फको सार्वजनिक पानी पोखरीमा गाउँपालिकाको प्रशासनिक भवन ठड्याइएको छ भने सोही पालिका वडा नं १ बरवासेस्थित पोखरी पुरेर खानेपानी ट्याङ्की र वडा कार्यालयसँगै स्वास्थ्यचौकी भवन बनाई कार्यसञ्चालनमा छ । सम्मरीमाई–७ बेतकुइयाँ गाउँमा रहेका सातमध्ये तीनवटा गड्हा–पोखरी अस्तित्वमा छैनन् । दुईवटा कृषक आदर्श माध्यमिक विद्यालयले पुरेर भौतिक संरचना खडा गरेको छ । गाउँमा बाँकी रहेका अन्य चारवटा पोखरी र एउटा नाला पनि अतिक्रमित हुँदै लोपोन्मुख अवस्थामा छ । ‘पोखरी’ तालको सानो स्वरुप हो । यसले प्राकृतिक वातावरणमा पानी भरिएको ठाउँलाइ सूचित गर्दछ ।

 

यसले प्राकृतिक सुन्दरता र शान्तिको अनुभव गराउँछ । खानेपानी हुँदै कृषि सभ्यता र निर्माणको क्रममा यसको सिर्जना भएको पर्यावरणविद् डा सतिस उपाध्यायले बताउनुभयो । सिमसार तथा वातावरणसम्बन्धी राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय सन्धिहरूले ‘सिमसार तथा जलाधार क्षेत्रभित्र पर्ने जग्गामा उत्खननजन्य कार्य गर्न गराउनबाट रोक्छ । र त्यस्ता क्षेत्रहरूको संरक्षण गर्नुपर्छ’ भन्छ । तर त्यसका विपरीत स्थानीय सरकारको मनोमानी यहाँ रोकिएको छैन । तिलोत्तमा नगरपालिका–११ मदरहनीका ७३ वर्षीय झलक शर्माका अनुसार तीन दशकअघिसम्म झन्डै दुई बिघामा फैलिएको पोखरी अहिले १६–१७ कठ्ठामा खुम्चिएको छ ।

 

बढ्दो आवादीसँगै साँघुरिँदै बाँकी रहेको भाग पनि मास्दै नगरपालिकाले वडा नं ११ को कार्यालय भवन बनाएको छ । “निर्माणकार्य हुँदै गर्दा पर्यावरणको ख्याल गरिएको छैन”, उहाँले भन्नुभयो, “निर्माणपछि सिँचाइ र धार्मिक अनुष्ठानलगायतका कार्य प्रभावित भएका छन् ।” उहाँका अनुसार निर्माणकार्य हुँदै गर्दा सिँचाइ, जलचर तथा पोखरीको पुरातात्विक महत्त्वसमेतको ख्याल गरिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभाग (स्मारक संरक्षण शाखा)ले २०७६ माघ १३ गते तिलोत्तमा नगरपालिकाको नाममा एक पत्र पठाइ निर्माणकार्य रोक्का गरिराख्ने आदेश गरेको थियो । अदालतको सो आदेशका बाबजुद पनि भवन निर्माणकार्य रोकिएन ।

 

“हाम्रो जीवनमा पोखरीको निकै महत्त्व छ । केही वर्ष पहिला गाउँ समाज मिलेर पोखरीको संरक्षण गरिन्थ्यो अब भने त्यस्तो छैन”, मर्चवारी–३ मधुबनियाका ५२ वर्षीय दीपचन्द यादवले भन्नुभयो, “गाउँमा गडहा–पोखरीको अस्तित्व नै सङ्कटमा छ, यसले जनजीवन प्रभावित बनाएको छ ।” “भूमिगत जल संरक्षण, सिँचाइ तथा अन्य प्रयोजनका लागि पोखरी अति आवश्यक छ । पोखरी संरक्षणले भूजलस्तर सदैव बनिरहन्छ”, उहाँले भन्नुभयो, “पोखरी विनाशले मानव जीवनसँगै पशुपक्षीको अस्तित्व पनि सङ्कटमा छ । जलचरहरू घटदैछन्, पिउनेपानीको समस्या बढ्दो छ ।” “देशमा सङ्घीयताको अभ्यास सुरु भएपछि गठित शक्तिशाली स्थानीय सरकारले सार्वजनिक पोखरीको समस्या सुल्झाउने स्थानीय बासिन्दाको अपेक्षा थियो, बिडम्बना, हाम्रोमा ठ्याक्कै उल्टो भयो”, सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भन्नुभयो ।

 

“अतिक्रमित जलाशय (गड्हा–पोखरी) र त्यहाँ बनेका संरचनाको तथ्याङ्क राख्नु त परको कुरा हो, स्थानीय सरकार आफैँले त्यसलाई मासेको उदेक लाग्दो छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकार आएपछि अतिक्रमण झन्झन् बढेको छ ।” विसं २०७४ मा गठित स्थानीय सरकारले त मर्चवारलाई जलाशय मास्ने कार्यमा रुपन्देहीमै अग्रणी बनाएको बताउँदै उहाँले पीडा पोख्नुभयो । सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले भन्नुभयो, “जलाशय र वातावरणसम्बन्धी धेरै विषय सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीभित्र पर्ने भएकाले पनि तालमेल मिलाउन चुनौती छ”, उहाँले भन्नुभयो, “तर सबै प्रकारका जलाशय अतिक्रमण मेरो कार्यकाल सुरु हुनुभन्दा पहिलाको हो ।

 

” यसको संरक्षणका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । “कृषिको प्रमुख आधारको रूपमा रहेको सिँचाइ सेवाका लागि जलाशय निर्माण तथा पोखरी संरक्षण गर्ने कार्यलाई अगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने छ । जलाशययुक्त आयोजनाको निर्माणबाट भूमिगत जलको पुनःभरण गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने कार्य अघि बढाइने छ”, लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम २०७८÷७९ को ७१ नं बुँदामा उल्लेख छ । नीति तथा कार्यक्रम २०७९÷८० को ११६ नं बुँदामा “जलाशय निर्माण तथा पोखरी संरक्षणकार्यलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनेछ” र जलाशययुक्त आयोजनाको निर्माणबाट भूमिगत जलको पुनःभरण गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरिने कुरा ११७ नं मा तथा जलउत्पन्न प्रकोपको न्यूनीकरण र व्यवस्थापनलाई उच्च प्राथमिकता दिइनेछ भन्ने कुरा ११९ नं बुँदामा उल्लेख छ ।

 

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले एक गाउँ एक पोखरीको लक्ष्यलाई स्थापनाकालदेखि नै आफ्नो नीति तथा कार्यक्रममा निरन्तर समावेश गर्दै त्यसलाई प्राथमिकतामा राखे पनि केही प्राविधिक कारणवश लक्ष्यअनुरूप काम हुन नसकेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले यस पाँच वर्षे अवधिमा कम्तीमा पनि एक वडा एक पोखरी बन्छ ।” –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा...

रसुवा अस्पतालद्वारा सेवा विस्तार

रसुवा, धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । आर्थिक वर्ष २०८१/८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दी,  यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गर्नुभयो । भूकम्पप्रतिरोधी क्षमताका दुई /दुईतले दुईवटै भवन अपाङ्गमैत्री छन् ।     ती भवन निर्माणमा रु एक करोड ७४...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा

मान्म (कालीकोट),  जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि अवरुद्ध रहेको जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो ।     विगतमा दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम...

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले उक्त खेलग्राम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९