मासिँदै छन् प्राचीन पोखरी

लुम्बिनी, १२ साउन (रासस) ः मर्चवारी गाउँपालिका–२ अमवास्थित प्राचीन पोखरी लोप हुने अवस्थामा छ । लुम्बिनी प्रदेश सरकारको रु ३६ लाख अनुदान रकमबाट गाउँपालिकाले सो पोखरी (सगरा) पुरेर खेलमैदान निर्माणको क्रममा छ । तिलोत्तमा नगरपालिकाले मदरहनी गाउँको मध्यभागमा रहेको धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वको पानी पोखरीमा ११ नं वडा कार्यालयको भवन निर्माण गरी कार्यसञ्चालन भइरहेको अवस्था छ । कोटहीमाई गाउँपालिका–५ मझगावा मर्चवारस्थित प्राचीन पोखरी ओगटेर पूर्वतर्फ गाउँपालिकाको प्रशासनिक भवन, उत्तर बहुउद्देश्यीय सभाहल र दक्षिणतर्फ खानेपानी ट्याङ्कीलगायतको संरचना छ ।

 

सम्मरीमाई वडा नं ४ फरेनागाउँबाट उत्तरतर्फको सार्वजनिक पानी पोखरीमा गाउँपालिकाको प्रशासनिक भवन ठड्याइएको छ भने सोही पालिका वडा नं १ बरवासेस्थित पोखरी पुरेर खानेपानी ट्याङ्की र वडा कार्यालयसँगै स्वास्थ्यचौकी भवन बनाई कार्यसञ्चालनमा छ । सम्मरीमाई–७ बेतकुइयाँ गाउँमा रहेका सातमध्ये तीनवटा गड्हा–पोखरी अस्तित्वमा छैनन् । दुईवटा कृषक आदर्श माध्यमिक विद्यालयले पुरेर भौतिक संरचना खडा गरेको छ । गाउँमा बाँकी रहेका अन्य चारवटा पोखरी र एउटा नाला पनि अतिक्रमित हुँदै लोपोन्मुख अवस्थामा छ । ‘पोखरी’ तालको सानो स्वरुप हो । यसले प्राकृतिक वातावरणमा पानी भरिएको ठाउँलाइ सूचित गर्दछ ।

 

यसले प्राकृतिक सुन्दरता र शान्तिको अनुभव गराउँछ । खानेपानी हुँदै कृषि सभ्यता र निर्माणको क्रममा यसको सिर्जना भएको पर्यावरणविद् डा सतिस उपाध्यायले बताउनुभयो । सिमसार तथा वातावरणसम्बन्धी राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय सन्धिहरूले ‘सिमसार तथा जलाधार क्षेत्रभित्र पर्ने जग्गामा उत्खननजन्य कार्य गर्न गराउनबाट रोक्छ । र त्यस्ता क्षेत्रहरूको संरक्षण गर्नुपर्छ’ भन्छ । तर त्यसका विपरीत स्थानीय सरकारको मनोमानी यहाँ रोकिएको छैन । तिलोत्तमा नगरपालिका–११ मदरहनीका ७३ वर्षीय झलक शर्माका अनुसार तीन दशकअघिसम्म झन्डै दुई बिघामा फैलिएको पोखरी अहिले १६–१७ कठ्ठामा खुम्चिएको छ ।

 

बढ्दो आवादीसँगै साँघुरिँदै बाँकी रहेको भाग पनि मास्दै नगरपालिकाले वडा नं ११ को कार्यालय भवन बनाएको छ । “निर्माणकार्य हुँदै गर्दा पर्यावरणको ख्याल गरिएको छैन”, उहाँले भन्नुभयो, “निर्माणपछि सिँचाइ र धार्मिक अनुष्ठानलगायतका कार्य प्रभावित भएका छन् ।” उहाँका अनुसार निर्माणकार्य हुँदै गर्दा सिँचाइ, जलचर तथा पोखरीको पुरातात्विक महत्त्वसमेतको ख्याल गरिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभाग (स्मारक संरक्षण शाखा)ले २०७६ माघ १३ गते तिलोत्तमा नगरपालिकाको नाममा एक पत्र पठाइ निर्माणकार्य रोक्का गरिराख्ने आदेश गरेको थियो । अदालतको सो आदेशका बाबजुद पनि भवन निर्माणकार्य रोकिएन ।

 

“हाम्रो जीवनमा पोखरीको निकै महत्त्व छ । केही वर्ष पहिला गाउँ समाज मिलेर पोखरीको संरक्षण गरिन्थ्यो अब भने त्यस्तो छैन”, मर्चवारी–३ मधुबनियाका ५२ वर्षीय दीपचन्द यादवले भन्नुभयो, “गाउँमा गडहा–पोखरीको अस्तित्व नै सङ्कटमा छ, यसले जनजीवन प्रभावित बनाएको छ ।” “भूमिगत जल संरक्षण, सिँचाइ तथा अन्य प्रयोजनका लागि पोखरी अति आवश्यक छ । पोखरी संरक्षणले भूजलस्तर सदैव बनिरहन्छ”, उहाँले भन्नुभयो, “पोखरी विनाशले मानव जीवनसँगै पशुपक्षीको अस्तित्व पनि सङ्कटमा छ । जलचरहरू घटदैछन्, पिउनेपानीको समस्या बढ्दो छ ।” “देशमा सङ्घीयताको अभ्यास सुरु भएपछि गठित शक्तिशाली स्थानीय सरकारले सार्वजनिक पोखरीको समस्या सुल्झाउने स्थानीय बासिन्दाको अपेक्षा थियो, बिडम्बना, हाम्रोमा ठ्याक्कै उल्टो भयो”, सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भन्नुभयो ।

 

“अतिक्रमित जलाशय (गड्हा–पोखरी) र त्यहाँ बनेका संरचनाको तथ्याङ्क राख्नु त परको कुरा हो, स्थानीय सरकार आफैँले त्यसलाई मासेको उदेक लाग्दो छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकार आएपछि अतिक्रमण झन्झन् बढेको छ ।” विसं २०७४ मा गठित स्थानीय सरकारले त मर्चवारलाई जलाशय मास्ने कार्यमा रुपन्देहीमै अग्रणी बनाएको बताउँदै उहाँले पीडा पोख्नुभयो । सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले भन्नुभयो, “जलाशय र वातावरणसम्बन्धी धेरै विषय सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीभित्र पर्ने भएकाले पनि तालमेल मिलाउन चुनौती छ”, उहाँले भन्नुभयो, “तर सबै प्रकारका जलाशय अतिक्रमण मेरो कार्यकाल सुरु हुनुभन्दा पहिलाको हो ।

 

” यसको संरक्षणका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । “कृषिको प्रमुख आधारको रूपमा रहेको सिँचाइ सेवाका लागि जलाशय निर्माण तथा पोखरी संरक्षण गर्ने कार्यलाई अगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने छ । जलाशययुक्त आयोजनाको निर्माणबाट भूमिगत जलको पुनःभरण गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने कार्य अघि बढाइने छ”, लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम २०७८÷७९ को ७१ नं बुँदामा उल्लेख छ । नीति तथा कार्यक्रम २०७९÷८० को ११६ नं बुँदामा “जलाशय निर्माण तथा पोखरी संरक्षणकार्यलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनेछ” र जलाशययुक्त आयोजनाको निर्माणबाट भूमिगत जलको पुनःभरण गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरिने कुरा ११७ नं मा तथा जलउत्पन्न प्रकोपको न्यूनीकरण र व्यवस्थापनलाई उच्च प्राथमिकता दिइनेछ भन्ने कुरा ११९ नं बुँदामा उल्लेख छ ।

 

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले एक गाउँ एक पोखरीको लक्ष्यलाई स्थापनाकालदेखि नै आफ्नो नीति तथा कार्यक्रममा निरन्तर समावेश गर्दै त्यसलाई प्राथमिकतामा राखे पनि केही प्राविधिक कारणवश लक्ष्यअनुरूप काम हुन नसकेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले यस पाँच वर्षे अवधिमा कम्तीमा पनि एक वडा एक पोखरी बन्छ ।” –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९