उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा जिम्मेवारी हो ।”

 

 

उपराष्ट्रपति यादवले पछिल्लो समय पानी सङ्कटको गम्भीर चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनले हिमनदी पग्लिने दर बढाएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “भूमिगत पानीको स्तर घट्दै गएको छ, विशेषतः तराई–मधेसमा यो समस्या गम्भीर छ, पहाडी भूभागका झरना र प्राकृतिक स्रोतहरू सुक्दै गएका छन्, प्रदूषण, अव्यवस्थित संरचना र कमजोर व्यवस्थापनले जलासयहरूको क्षमता घटाएको छ ।” यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सबैले मिलेर काम गर्नुपर्ने र पानीको संरक्षण वातावरणीय मुद्दामात्र होइन, राष्ट्रिय अस्तित्व र भविष्यको प्रश्न पनि भएको उहाँको भनाइ छ ।

 

 

नेपाल जलस्रोतमा धनी देश भए पनि त्यसको उपयोग र संरक्षणमा अझै सक्षम बन्न नसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नदी, ताल, झरना र भूमिगत पानीको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक दृष्टिकोण टड्कारो भएको बताउनुभएको छ । स्थानीय समुदायलाई सहभागी गराएर पानीको स्रोत व्यवस्थापन गर्दै आधुनिक प्रविधि प्रयोग गरी पानीको भण्डारण, पुनःउपयोग र शुद्धीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

 

 

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “विश्व पानी दिवसले हामीलाई पानीको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्ने, भावी पुस्ताका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने, पानीको न्यायपूर्ण पहुँच सुनिश्चित गर्दै सामाजिक समानता बलियो बनाउने, हिमनदी, आद्र्रभूमि र प्राकृतिक स्रोतहरूको संरक्षणलाई सामूहिक अभियानका रूपमा अगाडि बढाउने, महिलाहरूको आवाजलाई सुन्ने र उनीहरूको भूमिकालाई मान्यता दिने सङ्कल्प लिन प्रेरित गर्न सकोस् ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९