
नवलपरासी । नेपाल प्रहरी श्रीमती संघको ३९ औं स्थापना दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजनामा रक्तदान कार्यक्रम परासीमा सम्पन्न भएको छ ।
“रक्तदान नै जिवनदान” भन्ने मुलनाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा प्रहरी नायब उपरीक्षक एक, प्रहरी निरीक्षक एक, प्रहरी नायब निरीक्षक ३, प्रहरी सहायक निरीक्षक ३, प्रहरी वरिष्ठ हवलदार १, प्रहरी हवल्दार ३, प्रहरी सहायक हवल्दार ३, प्रहरी जवान ११ गरि कुल २९ जना ले रक्तदान गर्नु भएको सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनु भएको छ ।
सम्पुर्ण रक्तदाता प्रहरी अधिकृत जुनियर अधिकृत र जवानहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रहरी उपरीक्षक काजी कुमार आचार्यले सबैमा धन्यवाद ज्ञापन गर्दै मानवीय सेवाको लागि गरिएको रक्तदानले मृत्युको मुखमा पुगेका घाइते र बिरामिलाई नया जीवन प्रदान गर्न सकिने बिचार ब्यक्त गर्दै यस्तो महान कार्यमा सबैको सकृय सहयोग प्रती कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।