बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

नारायणगढ (चितवन),  चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्याकालीन सफारीको सम्भावना रहेकाले यसको अध्ययन तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय सक्रिय भएको छ ।

 

 

यहाँका सामुदायिक वनसँग आम्दानी र जैविक पर्यटनलाई जोड्न कार्यालयले अध्ययन थालेकोे हो । सोहीअनुरूप मङ्गलबार डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यसहित भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थी, शिक्षक, संरक्षणकर्मी तथा नेचर गाइडहरूको टोलीले सो क्षेत्रमा पदयात्रा (हाइकिङ) गरी अध्ययन र अवलोकन अघि बढाएको छ ।

 

 

पदयात्रा क्रममा यहाँ आवश्यक पूर्वाधार, वन्यजन्तु, चराचुरुङ्गी, बनस्पति, सुरक्षा व्यवस्था र भ्यू पोइन्ट व्यवस्थापनको अवलोकन गरिएको थियो । जिल्लाको इच्छाकामनाबाट सुरु हुने खगेरी खोला सिँचित क्षेत्रले जैविक पर्यटनका लागि सम्भावना प्रदान गरेको हुँदा यस क्षेत्रमा पदयात्रा र सन्ध्याकालीन सफारी महत्वपूण कार्य हुने सरोकारवालाहरूले बताएका छन् ।

 

 

डिभिजन प्रमुख आचार्यले यस विकासका लागि दूरदृष्टिसहित योजना बनाएर अघि बढेको बताउँदै उहाँले भन्नुभयो, “चितवनको पर्यटन भन्नासाथ सौराहा र कसरा मात्रै हेर्ने गरिन्छ, तर डिभिजन वन कार्यालयको क्षेत्राधिकारभित्र रहेका सामुदायिक वन क्षेत्र राम्रो पर्यटन गन्तव्य हुन सक्छन् ।” उहाँले उक्त क्षेत्र ताल–तलैया, घाँसे मैदानको अवस्थाका कारण वन्यजन्तु व्यवस्थापन र पर्यटनका लागि नेपालको एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्ने बताउनुभयो ।

 

 

पर्यटनका लागि जिप सफारी सञ्चालन गरिएको छ । त्यहाँ हाइकिङ र सन्ध्याकालीन सफारी पनि गर्न सकिन्छ । यस क्षेत्रमा सन्ध्याकालीन सफारीका लागि नयाँ अभ्यास गर्न सकिन्छ । निकुञ्जमा सन्ध्याकालीन सफारी सम्भव नभएकाले यहाँ साँझको समयमा वन्यजन्तु अवलोकन गर्न सफारी सञ्चालन गर्न सकिने डिभिजन प्रमुख आचार्यले जानकारी दिनुभयो । सोहीअनुसार कार्ययोजना तयार पार्न लागिएको उहाँले बताउनुभयो ।

 

चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले सामुदायिक वनले रुख–दाउरा मात्रै बिक्री गरेर नभई फरक ढङ्गले पर्यटन प्रवर्द्धनमार्फत आम्दानी गर्ने उद्देश्यले जिप सफारी तथा पर्यटन गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । उहाँले वन कार्यालयसँगको समन्वयमा हाइकिङको सम्भावना अध्ययन गरिएको र यसबाट क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गुरुङका अनुसार यहाँ पर्यटकले रात बिताउन सक्ने गरी मचानघर निर्माण समेत गरिएको छ ।

 

 

उक्त क्षेत्रबाट बाघ, गैँडा लगायतका वन्यजन्तु अवलोकन गर्न सकिने तथा विभिन्न चराचुरुङ्गीसमेत देख्न पाइने उहाँले बताउनुभयो । डिभिजन वन कार्यलयले पर्यटन प्रवर्द्धनका लागि हौसला थप्दै सक्रियता देखाएकामा खुशी व्यक्त गर्दै, यस क्षेत्रको पर्यटन विकासका लागि आफूहरू सक्रिय रहने अध्यक्ष गुरुङले बताउनुभयो ।

 

 

पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्णिप्रसाद बगालेले यहाँ सिमसार क्षेत्र, सिसौ वन, साल वन, खयर लगायत विभिन्न जडीबुटी भएको जङ्गल रहेको बताउनुभयो । उहाँले यो क्षेत्र राजमार्ग र सौराहा नजिक रहेकोले पर्यटकका लागि थप आकर्षक गन्तव्य हुन सक्ने बताउनुभयो । अध्यक्ष बगालेका अनुसार गत पुसदेखि यहाँ जिप सफारी सञ्चालन गरिएको छ र त्यसको सफलता देखिएकाले अब हाइकिङ र सन्ध्याकालीन जिप सफारीको सम्भावना छ । यसले पर्यटकका लागि नयाँ गन्तव्य सिर्जना गर्ने र वन उपभोक्ताका लागि थप आयको स्रोत बन्ने छ । पञ्चकन्या, चर्तुमुखी र भीमवली सामुदायिक वनमा सन्ध्याकालीन जिप सफारीको सम्भावना रहेको छ ।राष्ट्रिय समाचार समिति रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९