
नवलपरासी । प्रतापपुरमा प्रहरीद्वारा करिब १ लाख १० हजार मुल्य बराबरको चामल गरेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न. ५ धर्मौली स्थित बाटोको छेउमा खुल्ला सीमानाको फाइदा उठाई भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा प्रहरी चौकी बसहियाबाट प्र.स.नि. जनार्दन यादवको कमाण्डमा खटिगएको गस्ती टोलीले आइतबार बिहान २२ क्विन्टल २० किलो चामल प्रहरीले बरामद गरेको हो ।
उक्त बरामद गरेको चामल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।