
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको पावन अवसरमा वडा अध्यक्ष कप भलिवल प्रतियोगिता आइतबारबाट शुरू भएको छ ।
युवा परिवारको आयोजनामा भएको सो प्रतियोगिता गुठी सुर्यपुराम सुरु भएको हो । सो गाउँपालिका वडा न.७ का वडाध्यक्ष हरेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।
सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी, गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता, गुठी सुर्यपुरा स्वास्थ्य केन्द्रका अ.हे.व. राजेश कुमार उपाध्याय लगायतले खेलकुदको महत्वमाथी प्रकाश पार्नु भयो ।
“स्वाथ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा ३० भलिबल टिमको सहभागिता भएका थिए ।
भलिबल खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा गुठी सुर्यपुराका किशोरीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए।
भलिबल प्रतियोगिता भाद्र ३१ गतेदेखि असोज ४ गतेसम्म सञ्चालन रहने आयोजकले जानकारी दिएको छ।
भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, पालिका अन्तर्गतका जनप्रतिनिधि र राजनीति दलका नेताकार्यकर्ता तथा स्थानीय सर्वसाधारण लगायतका उपस्थिति थिए । भने कार्यक्रम संचालन ब्यास मुनि कुशवाहाले गर्नुभएको थियो ।