
नवलपरासी । पश्चिम नवलपरासीकाे सरावल ६ गुज्जरटाेल स्थितबाट ४६ लाख ५० हजार मुल्य बराबरको अवैध मालसामान प्रहरीले बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राती उक्त अवैध मालसामान बरामद गरेको हो ।
सरावल गाउँपालिका ६ भुजहवाबाट परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनर चेकजाँच गर्दा भन्सार छली ल्याइएको सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका ५ का बशिस्ठ थारुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
उक्त बरामद सामान, कन्टेनर र चालक समेतलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।