युवा समाजसेवी दिन बन्धु मिश्राद्वारा मन्दिरमा उदाहरणीय कार्य

नवलपरासी  प्रचार–प्रसारको कमी र सम्बन्धित निकायको ध्यान नपुग्दा मन्दिर ओझेलमा परेको छ । पश्चिम नवलपरासी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्रतापपुर गाउँपालिका वडा न.६ पिपरपाती स्थितमा रहेको कोटही माता मन्दिर ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । मानिसहरूले यस मन्दिरमा आएर भाकल गरी पूजापाठ गरे पछि भाकल पुरा हुन्छ जनविश्वास रहेको स्थानीय बताउँछन् ।करिब २५ वर्ष स्थापित भएको कोटही मन्दिरमा संरक्षणसँगै विकासका लागि स्थानीयवासीका तर्फबाट प्रयास भए पनि गाउँपालिकाको जनप्रतिनिधिहरुको ध्यान यश मन्दिरमा अहिलेसम्म नपुगेकोले कोटही माताको मन्दिर ओझेलमा परेको स्थानियहरूले बताए । १४ वर्ष पहिला साविक गाविस गुठी परसाैनीले कोटही माताको स्थानमा पक्की मुर्ति निर्माण गरिएको थियो । खुल्ला आकाश मुनि रहेको मुर्ति माथि ट्रस्ट नभएकोले मुर्ति घाम र पानी खादै आएको थियो । तर दुई वर्ष अगाडि सोही गाउँपालिका वडा न.६ गुठी परसौनीका युवा समाजसेवी दिन बन्धु मिश्राले कोटही माताको मुर्ति माथि जस्ता लगाएका थिए । धर्मप्रति श्रद्धा भएका युवा समाजसेवी मिश्रले फेरि पनि कोटही माता मन्दिरको भुइँ पनि पक्की गरि समाजको लागि उदाहरणीय कार्य गर्नु भएको हो । जनप्रतिनिधिले गर्ने काम युवा समाजसेवी मिश्राले गरेपछि गाउँलेहरु चाैतर्फिक प्रशंसा गरिराखेका छन् । मिश्राले समाज कल्याण तथा धार्मिक स्थानलाई पर्यटकीय क्षेत्र बनाउनमा आफु हमेशा लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?