कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सरसफाइ गरिएको छ । वडा नम्बर ६ को कार्यालयको आयोजनामा शुक्रबार सरसफाइ गरिएको हो ।नजिकै आइरहेको बिजया दशमीको अबसर पारी स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाउ, भन्ने उदेश्यका साथ सरसफाइ गरिएको हो ।
शनिबारदेखि लामो दिनसम्म कार्यालय बन्द हुने भएको हुँदा बातारणिय सरसफाइ राख्नको लागि वडा कार्यालय तथा कार्यालय परिसर क्षेत्र वरपर सडक छेउछाउमा झाडी सरसफाइ गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताउनुभयो । सरसफाई कार्यक्रममा वडा कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।



































































































































































