
गाजा। इजरायली सेना उत्तरी गाजामा प्रवेश गरेका छन ।उत्तरी गाजामा प्रवेश गरेका इजरायली सेनाले कारबाही सुरू गरेको जनाइएको छ । इजरायली सेनाका प्रवक्ताले गाजामा अझै पनि देशको सेना रहेको र युद्ध जारी रहेको बताएको अलजजिराले उल्लेख गरेको छ । उनले भने, ‘सेना युद्धको चरणहरू मार्फत अगाडि बढिरहेको छ।’उनका अनुसार इजरायली सेना बलहरू उत्तरी गाजाका क्षेत्रहरूमा प्रवेश गरेर उनीहरूले अपरेशनको दायरा विस्तार गरेका छन् ।‘सेनाहरू अझै पनि सोही क्षेत्रमा छन् र युद्ध जारी छ,’ उनले भने, ‘अहिलेसम्म कुनै हताहत भएको रिपोर्ट फेला परेको छैन् ।’ हमासलाइ निमिटयान्न पार्नका लागि इजरायली सेनाले निकै ठुलो मेहनत गरिरहेको उनको भनाइ छ ।